संसद् छाडेर जान एमालेलाई प्रचण्डले बक्सिस दिएका होइनन् : प्रदिप ज्ञवाली | Khabarhub Khabarhub

संसद् छाडेर जान एमालेलाई प्रचण्डले बक्सिस दिएका होइनन् : प्रदिप ज्ञवाली


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– स‌ंघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले संसद छाडेर जान एमालेलाई प्रचण्डले बक्सिस नदिएको बताएका छन् । केही दिन अघि गृहजिल्ला आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार रूपमा संसद अवरुद्ध गर्दै आएको एमालेलाई संसद छाडेर जान आग्रह गरेका थिए ।

दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन मंगलबार चितवन आएका ज्ञवालीले संसद छाडेर जान एमाले सांसदलाई प्रचण्डले बक्सिस नदिएको बताए । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले भने–‘एमालेलाई संसदमा पुर्‍याउने काम जनताले गरेका हुन् । जनताको इच्छा बेगर कसैले पनि हटाउने वा दायाँबायाँ गर्ने कुरै भएन ।’

एमालेलाई संसद छाडेर जान भन्नु प्रचण्डको पराजित मानसिकताको उपज मात्रै भएको उनले बताए । ३२ साउनसम्म एमालेले संसद अवरुद्ध नगरेको बताउँदै उनले सभामुखले पदीय दायित्व पूरा नगरेपछि मात्रै संसद अवरुद्ध हुन थालेको बताए । ‘सदन खोल्ने हो भने सभामुखले आफ्नो गल्तिलाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ’, उनले भने ।

वर्तमान गठबन्धनको सरकार देशका लागि बोझ बनेको बताएका छन् । सरकार प्रारम्भदेखि नै गलत बाटोमा हिँडिरहेको उनले बताए । ‘सरकार गलत बाटोमा हिँडिरहेको छ । त्यसो हुनाले जति दिनसम्म रहन्छ, त्यति दिनसम्म देशका लागि बोझ हुने स्थिति हामी देख्छौँ’, उनले भने ।

देउवा सरकार संविधानको अपव्याख्या अनुसार बनेको भन्दै उनले जनादेशबाट नभएर परमादेशबाट बनेको सरकार गलत बाटोमा हिँडेको उनले आरोप लगाए । ‘सरकारले प्रारम्भदेखि नै संविधानका आधारभुत संरचना भत्काउने, राष्ट्रिय हितलाई आँच पुर्‍याउने र जनताको विरोधमा काम गरेको देखिएको छ’, उनले भने ।

सरकारले भूमि सम्बन्धि समस्या समाधामन आयोग विघटन गरेर सुकुम्बासीका सपनालाई नै विघटन गरेको उनले बताए । ‘अर्थमन्त्रीले कालो धनलाई सेतो बनाउने गरी पैसाको स्रोत नखोजिने भन्नुभयो । जसले गर्दा नेपाल कालो सूचीमा पर्ने खतरा छ’, उनले भने, ‘पार्टी विशेषलाई विभाजन गर्न लोकतन्त्रका विधिका शासनको आधारभुत कुरालाई पनि सरकारले भत्काउने काम गर्‍यो ।’

रुपन्देहीमा सुकुमबासीमाथि गोली चलाइएको प्रसंगमा बोल्दै उनले समस्याको समाधान गोली नहुने बताए । सुकुमबासीका नाममा हुकुमबासीले जग्गा कब्जा गर्न नपाइने तर सरकारले जनतामाथि गोली चलाएर गलत बाटोमा हिँडेको उनले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०