कृष्णनगरमा फैलिएको झाडापखाला कि हैजा ? | Khabarhub Khabarhub

कृष्णनगरमा फैलिएको झाडापखाला कि हैजा ?

१० दिनसम्म आएन दिसा परीक्षणको रिपोर्ट


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगरपालिकामा खानेपानीको माध्यमबाट झाडापखाला फैलिएको पुष्टि भएको छ । रोग प्रभावित क्षेत्रबाट संकलन गरिएकाे पानीको १५ नमुनामध्ये ९ मा इकोली भेटिएको छ ।

परीक्षण भएको नमुनामध्ये नेपाल खानेपानी संस्थान बहादुरगञ्ज उपशाखाबाट वितरित धारा (पाइप लाइन)का १० र नल (चापाकल) बाट पाँच नमुना संकलन गरिएको थियो । जसमध्ये पाइप लाइनका पाँच नमुना र नलका चार नमुनामा इकोली भेटिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

यसअघि भुपू सैनिक खानेपानी उपभोक्ता समितिको पानी जाँच प्रयोगशालामा पानी परीक्षण गर्दा पाइप लाइनको पानीमा इकोली फेला परे पनि संस्थानले पानी शुद्ध भएको भनी विज्ञप्ति प्रकाशन गरेको थियो । प्रयोगशालाका कर्मचारी धनबहादुर सोमैले पाइप लाइनको पानीको नमुनामा लेउ देखिएको बताए । तर संस्थानले पानीको नमुनामा केही नदेखिएको भन्दै विज्ञप्ति निकालेको थियो ।

सार्वजनिक भएन रोगको कारण

नगरपालिकाको वडा नं. ७, ८ र ९मा पहिलोपटक रोग देखिएको १० दिन बितेको छ । १७ असोज आइतबार पहिलोपटक शिवराज अस्पतालमा बिरामी आउन सुरु भएको थियो । सोमबार बिरामी हुनेको सङ्ख्या १०० नाघेको थियो । बिरामीको अवस्था र रोग फैलिने दर हेर्दा हैजा फैलिएको शंका गरिको थियो । १८ गते पाँच जना बिरामीको दिसाको नमुना प्रयोगशालामा परीक्षण गर्दा एक जना बिरामीलाई हैजा देखिएको थियो ।

केही दिनअघि शिवराज अस्पतालमा भर्ना भएका बिरामीलाई हैजाको आरडिटी विधिबाट परीक्षण गरिएको थियो । अस्पताल निकट स्रोतबाट परीक्षण भएकामध्ये केहीलाई हैजा देखिएको बुझिएको छ । तर सोको रिपोर्ट सार्वजनिक भएको छैन । हैजा परीक्षणका लागि फेरि पाँच बिरामीको दिसाको नमुना काठमाडौँ लगिएको छ । सुरुमा लगेको नमुना औषधि सेवन भएका बिरामीको भएकोले औषधि नखुवाइएको बिरामीको दिसाको नमुना परीक्षणका लागि लगिएको छ ।

बिरामी हुनेमा बालबालिका धेरै

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको ६८८ बिरामीको विवरणअनुसार बिरामी हुनेमा धेरै बालबालिका छन् । कार्यालयका अनुसार ११ वर्षभन्दा कम उमेरका २११ बालबालिकाका बिरामी भएका छन् । यस्तै ११-२१ उमेर समूहका २१४ जना छन् ।

५४ प्रतिशत महिला प्रभावित भएका छन् । मंगलवार बिहानसम्म प्रभावित हुनेको सङ्ख्या ७५८ पुगेको छ । जसमध्ये ७०३ जना उपचारपछि घर फर्किएका छन् । हाल शिवराज अस्पतालमा १४ जना उपचाररत छन् भने ४१ जनालाई कपिलवस्तु अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताए ।

६ जनाको मृत्यु, सरकार भन्छ तीन मात्रै

स्वास्थ्य कार्यालयले झाडापखालाका कारण तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षका पुरुषकाे घरमा, एक जना ७ वर्षीय बालकको निजी क्लिनिकमा र ५ वर्षीय बालिकाको अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाएको छ । तर समुदायमा थप तीन जनाको झाडापखालाको कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवराज नगरपालिका-८ कोटवाका एक महिला, कृष्णनगर नगरपालिका सुखरामपुरका २७ दिनको एक शिशु र बहादुरगञ्जकी एक महिलाको गर्भ तुहिएको छ । २७ दिने शिशुको निमोनियाको कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । न्यूज कारखानाबाट

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १ : ०० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन