राजदूत पराजुली र ओमानका उपप्रधानमन्त्री सइदीबीच भेटवार्ता | Khabarhub Khabarhub

राजदूत पराजुली र ओमानका उपप्रधानमन्त्री सइदीबीच भेटवार्ता


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमान सरकारको अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपप्रधानमन्त्री तथा ओमानका सुल्तान हाइथम बिन तारिकका विशेष प्रतिनिधि राजपरिवार सदस्य असाद तारिक तेइमुर अल सइदीबीच अन्तिम भेटवार्ता भएको छ ।

सोमबार भएको उक्त भेटवार्तामा उपप्रधानमन्त्री अल सइदीले राजदूत पराजुलीलाई उज्वल भविष्यको कामना गर्दै आगामी दिनमा समेत नेपाल सरकारको प्रतिनिधि भएर काम गरेको हेर्ने इच्छा रहेको जाहेर गरेका थिए ।

उनले ओमानको आगामी दिनका विकासका योजनाहरूबारे चर्चा गर्दै नेपाललाई पनि त्यसमा सहभागी हुन अनुरोध गरेका छन् । उनले राजदूत पराजुलीले प्रस्ताव गरेको ऊर्जा, जलविद्युत तथा कृषि क्षेत्रमा लगानी सहकार्य गर्न इच्छूक रहेको बताए ।

पराजुलीले उप्रधानमन्त्री अल सइदी मार्फत सुल्तान हाइथम विन तारिकलाई आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा द्विपक्षीय हितका क्षेत्रमा प्राप्त उपलब्धीहरू तथा गरेका प्रयासहरूका बारेमा जानकारी गराएका थिइन् । आफ्नो कार्यकाल पूरा गरी राजदूत पराजुली आज स्वदेश फर्किदै छिन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : ४६ बजे

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको