श्वेतपत्र तथ्यहीन आलोचना र पूर्वाग्रहमा केन्द्रित रहेको नेता पौडेलको आरोप | Khabarhub Khabarhub

श्वेतपत्र तथ्यहीन आलोचना र पूर्वाग्रहमा केन्द्रित रहेको नेता पौडेलको आरोप


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले संसदमा पेश गरेको अर्थतन्त्र सम्बन्धी श्वेतपत्र अघिल्लो सरकारको तथ्यहीन आलोचना र पूर्वाग्रहीमा केन्द्रीत रहेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको विषेश समयमा बोल्दै नेता पौडेलले अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको श्वेतपत्र अघिल्लो सरकारका कामहरूका बारेमा तथ्यहीन आलोचना र विरोध गरिएको आरोप लगाए । उनले पूर्वाग्रही ढंगले स्वेतपत्र ल्याइएको समेत आरोप लगाए ।

उनले राजनीतिक दलहरूबीच नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर मुलुकको आर्थिक अवस्थ कस्तो छ भन्ने कुरा तथ्यमा रहने धारणा राखे । उनले तथ्यको तोडमोड गरेर अर्थमन्त्री शर्माले स्वेतपत्र जारी गरेको जिकिर गरे ।

आफूले अध्यादेशमार्फत लोकप्रिय बजेट ल्याएको र त्यसलाई निजी क्षेत्रले पनि समर्थन र स्वागत गरेको पौडेलले दावी गरे । कोभिड–१९ को कारणले पूँजीगत खर्चमा नकारात्मक चाप पर्दा चालू खर्च बढेको र पुनर्निर्माणको खर्च पनि साधारण खर्चमा गणना भएकाले चालु खर्चको आकार बढ्न गएको उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ५ : १८ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा