विद्यालय शिक्षा : दुई वर्षमा ३३ हजार विद्यार्थी गायब | Khabarhub Khabarhub

विद्यालय शिक्षा : दुई वर्षमा ३३ हजार विद्यार्थी गायब


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७७ सालको विद्यालय शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन ५ लाख १७ हजार १२२ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रूद्रप्रसाद अधिकारीका अनुसार २०७७ सालको एसईई परीक्षामा सहभागी हुन रजिस्ट्रेसन फारम भरेकामध्ये ४ लाख ९२ हजार २७८ जना विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए ।

यसरी हेर्दा २४ हजार ८४४ जना विद्यार्थी हराए । रजिस्ट्रेसन फारम कक्षा नौमा भर्नुपर्छ ।

परीक्षा आवेदन फारम भरेका मध्ये ४ लाख ८४ हजार २८७ जना विद्यार्थीको एसईई नतिजा प्रकाशित भयो । आवेदन फारम भरेका ८ हजार विद्यार्थी हराए ।

यसरी कक्षा नौमा रजिस्ट्रेसन फारम भरेर एसईई परीक्षासम्ममा ३२ हजार ८४४ जना विद्यार्थी हराए अर्थात उनीहरूले पढाइ छाडे । रजिस्ट्रेसन फारम भरेको विद्यार्थी संख्या अनुसार दुई वर्षमा ६ दशमलव ३५ प्रतिशत विद्यार्थीले पढाइ छाडे ।

एसईई राष्ट्रिय परीक्षा बोर्डको परीक्षा परीक्षा नियन्त्रण कार्यालयले लिने गरेकोमा यो क्रम टुटेको दुई वर्ष भयो । कोरोना भाइरस संक्रमणको महामारीका कारण विद्यालयले लिएका परीक्षा र तोकिएका अन्य मापदण्डका आधारमा विद्यालयले गरेको मूल्यांकन प्रमाणित गरेर राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गरेको हो ।

काठमाडौँ उपत्यकामा १६ सय गायब

२०७७ सालको एसइई परीक्षा दिन काठमाडौँ, भक्तपुर र ललितपुरका विद्यालयबाट रजिस्ट्रेसन फारम भरेका १ हजार ६०७ जना विद्यार्थीले पढाइ छाडेका छन् ।

तीन जिल्लाबाट एसईई परीक्षा दिन ५४ हजार ७९६ जनाले रजिस्ट्रेसन फारम भरेकोमा ५३ हजार १८५ जनाको मात्र नतिजा प्रकाशन भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौँका प्राविधिक अधिकृत फणीन्द्रप्रसाद घिमिरेका अनुसार काठमाडौँ जिल्लाबाट ३८ हजार ४३२ जना विद्यार्थी रजिस्ट्रेसन फारम भरेकोमा ७९१ जनाले परीक्षा आवेदन फारम भरेनन् । आवेदन फारम भरेकामध्ये ४७७ जना एसईई मूल्यांकनमा परेनन् ।

यसरी काठमाडौँ जिल्लाबाट मात्रै एसईईमा सहभागी हुनुपर्ने १ हजार २६८ जना विद्यार्थीले पढाइ छाडे ।

घिमिरेका अनुसार कोरोना महामारीका करण अभिभावकहरू गाउँ फर्केको र उनीहरूसँगै विद्यार्थीहरूले पनि काठमाडौँ छोडेका कारण एसईईमा सहभागी नभएको अनुमान गरिएको छ ।

ललितपुर जिल्लामा २४१ जना विद्यार्थी अनुपस्थित भए । शिक्षा विकास तथा समन्वय इकाई, ललितपुरका प्रमुख गणेश ढकालका अनुसार एसईईका लागि ललितपुर जिल्लाबाट १० हजार ३१६ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका थिए ।

परीक्षा आवेदन फारम १० हजार १०२ जनाको आयो । अन्तिम नतिजा १० हजार ७५ जनाको आयो ।

बीचमै विद्यालय छोड्ने, परीक्षा दिन नचाहने लगायतका कारणले विद्यार्थी घटेको उनको भनाइ छ । कोही विद्यार्थीहरूले पारिवारिक र आर्थिक समस्याका कारणले पनि पढाइ छाड्ने गरेका छन् ।

भक्तपुर जिल्लाबाट ६ हजार ४८ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेकोमा ५ हजार ९५३ जनाले परीक्षा आवेदन फारम भरे । एसईई मूल्यांकनमा ५ हजार ९४६ जना विद्यार्थीहरू सामेल भए । यसरी भक्तपुरमा १०२ जनाले पढाइ छाडे ।

शिक्षा विकास तथा समन्वय इकाई, म्याग्दीका इकाई प्रमुख दलबहादुर थापामगरका अनुसार जिल्लामा २ हजार ४२२ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेकोमा २२ सय ५१ जनाले परीक्षा आवेदन फारम भरे । एसईई मूल्याङ्कनमा २ हजार २३१ जना परे । यहाँ पनि १९१ जनाले पढाइ छाडे ।

२०७७ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरू २०६८ सालमा कक्षा एकमा भर्ना भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार उक्त वर्ष कक्षा एकमा १२ लाख ८४ हजार ४८ जना विद्यार्थी भर्ना भएका थिए ।

२०६८ सालमा कक्षा १ मा भर्ना भएको संख्याका आधारमा हेर्दा दश वर्षमा ७ लाख ९९ हजार ७७० विद्यार्थीले विद्यालय छाडेको देखिन्छ । यसरी हेर्दा १० वर्षमा ६२ दशमलव २८ प्रतिशत विद्यार्थीले पढाइ छाडेको देखिन्छ ।

पारिवारिक, सामाजिक, आर्थिक लगायत विभिन्न कारणले गर्दा विद्यार्थीहरूले बीचमै पढाइ छोड्ने गरेका विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  २ : ४८ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न