संक्रमण बढेपछि बागलुङमा फेरि निषेधाज्ञा | Khabarhub Khabarhub

संक्रमण बढेपछि बागलुङमा फेरि निषेधाज्ञा


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कारोना संक्रमण दर दिनानुदिन बढ्दै जान थालेपछि बागलुङमा जारी निषेधाज्ञालाई थप कडाई गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीएमसी)को मंगलबार बसेको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाएका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले बताए ।

निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु, बैंक, सहकारी, विमा तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ । बैठकले अत्यावश्यक खाद्यान्न, आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । फलफूल, माछामासु तथा दूध ढुवानी र वितरण बिहान १० वजे सम्म सञ्चालनमा आउनेछ ।

जिल्लामा ६०३ जना संक्रिय संक्रमित छन्, भने ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानाकारी दिए । बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीएमसीलाई सोमबार सिफारिस गरेको थियो । संक्रिय संक्रमितको आधा संक्रमित बागलुङ नगरपालिकामा मात्रै छन ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १२ : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६