कांग्रेस मुख्यालयमा जारी धर्नामा शेखर कोइरालाको ऐक्यबद्धता | Khabarhub Khabarhub

कांग्रेस मुख्यालयमा जारी धर्नामा शेखर कोइरालाको ऐक्यबद्धता


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रियाशील सदस्यताको विवादलाई लिएर नेपाली कांग्रेसको मुख्यालय सानेपामा जारी धर्नामा कांग्रेस नेता शेखर कोइरालाले ऐक्यवद्धता जनाएका छन् ।

क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै बाराका नेता तथा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यलय सानेपामा गरेको धर्नामा कोइरालाले ऐक्यवद्धता जनाएका हुन् ।

 

कांग्रेस बाराका नेता कार्यकर्ताको धर्नाबारे बुझ्न र नेता कार्यकर्ताहरुको गुनासो सुन्न कोइराला सोमबार दिउँसो पार्टी मुख्यालय सानेपा पुगेका थिए ।

कोइरालाका साथै कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस केन्द्रीय कार्यलयका पूर्व मुख्य सचिवहरु शोभाकर पराजुली र ऋषिकेश तिवारी सानेपा पुगेका थिए ।

सबै कुरा सुनिसकेपछि कोइरालाले पार्टीको विधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुँने बताए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ०१ बजे

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो