लुम्बिनी प्रदेशमा विपक्षी दलद्वारा बजेटको बिरोध | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा विपक्षी दलद्वारा बजेटको बिरोध


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई विपक्षी गठबन्धनका दलले बिरोध गरेका छन् ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेटमाथिको छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरुले प्रदेश सरकारले ल्याएको बजेट प्रदेशको समृद्धि भन्दा पनि एमाले कार्यकर्ता पोष्ने खालको भएको आरोप लगाए ।

बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले विपक्षी दललाई बाइपास गरेर बजेट ल्याइएको भन्दै बजेट प्रदेश सभाबाट नभएर नेकपा एमाले पार्टी कार्यालयबाट पास गराउन व्यङ्ग्य गरे ।

विपक्षी दलहरुको सदासयताकै कारण प्रदेश सभामा बजेटमाथिको छलफल शुरु भएको भन्दै उनले अझै पनि प्रदेश सरकारले विपक्षी दलहरुलाई पेलेरै जाने नीति अवलम्बन गरेको बताए ।

बजेटमाथिको छलफल जस्तो महत्वपूर्ण बिषयमा प्रदेशका मुख्यमन्त्री अनुपस्थित हुनु विडम्बनापूर्ण भएको भन्दै उनले प्रदेशका जनतालाई कोभिड संक्रमणबाट जोगाउने भन्दा पनि मुख्यमन्त्री शंकर पोखरेल संघीय सरकार जोगाउनेतिर लागेको आरोप लगाए ।

बजेटमाथिको छलफलमा सहभागी हुँदै माओवादी केन्द्रका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन र तिलकराम शर्माले पनि बजेट प्रदेशको समृद्धि भन्दा पनि एमाले कार्यकर्ता पोष्ने खालको भएको भन्दै बिरोध जनाए ।

बैठकमा सत्तारुढ दल नेकपा एमालेका प्रदेश सभा सदस्य लिला गिरी, कमलराज श्रेष्ठ, तुल्सी प्रसाद चौधरी र अर्जुन कुमार केसीले भने बजेट समग्रमा राम्रो रहेको भन्दै बचाउ गरे । उनीहरूले बजेटको सफल कार्यान्वयन भए प्रदेश समृद्ध हुने विश्वास व्यक्त गरे । प्रदेश सभाको अर्को बैठक असार २९ गते मंगलबार बिहान ११ बजे बस्ने छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : ३० बजे

बर्दिबास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईलेविरुद्धकाे औषधि खुवाउने

महोत्तरी– राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको

फिलिपिन्समा चरम गर्मीका कारण छ जनाको मृत्यु

मनिला– फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

  इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार

गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा

काठमाडौं– नयाँ वर्षको अवसर पारेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ : सभापति लामिछाने 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू