बालागुरु षडानन्दले अध्ययन गरेको संस्कृत विद्यालय भत्कियो | Khabarhub Khabarhub

बालागुरु षडानन्दले अध्ययन गरेको संस्कृत विद्यालय भत्कियो


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका—७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ ।

बालागुरु षडानन्द पढेको सो राजकीय संस्कृत माध्यमिक विद्यालयको ११० वर्ष पुरानो भवन आज दिउँसो भत्किएको हो ।

प्रधानाध्यापक ईश्वरी पौडेलका अनुसार सो आवासीय विद्यालयमा मुलुकको २७ जिल्लाका १५५ बटुक (विद्यार्थी) पढ्दै आएका छन् । छात्राबासका रुपमा प्रयोग हुँदै आएका आठ कोठामध्ये कोठा नं. १ को अचानक छतसमेत भत्किएको छ । बटुकहरु कक्षा कोठामा पढिरहेका बेला भवन भत्किएकाले मानवीय दुर्घटना हुनबाट जोगिएको उनको भनाइ छ ।

विसं १९६८ मा चुना, सुर्की, सख्खर, ईंट, बालुवालगायत सामग्रीको प्रयोगबाट बनेको सो भवनलाई मर्मतसम्भार गर्दै आएपनि छत चुहिने, पर्खालमा चिरा पर्ने, ठाउँ ठाउँमा चर्किनेजस्ता समस्या रहँदै आएको प्रधानाध्यापक पौडेलले बताए ।

विद्यालयलाई हालकै स्वरुपमा पौराणिक एवं ऐतिहासिक धरोहरकै रुपमा संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि सरोकारवाला सबै पक्षसँग आग्रह गरे । भवन भत्किएपछि बटुकहरुलाई खान, बस्न, सुत्न र अतिरिक्त क्रियाकलाप गर्न समस्या हुने बताइएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : ३५ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले