बाढीपहिरो र डुबानमा परी चार सातामा ५९ जनाको मृत्यु | Khabarhub Khabarhub

बाढीपहिरो र डुबानमा परी चार सातामा ५९ जनाको मृत्यु


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुन शुरू भएपछिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी देशभरमा पछिल्लो चार सातामा ५९ जनाको मृत्यु भएको छ ।

गत जेठ ३० गतेदेखि असार २८ गते सोमबार दिउँसोसम्म बाढीपहिरो र डुबानमा परी ५९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा ३१ पुरुष, १७ महिला, ५ बालक र ६ जना बालिका रहेका छन् । पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये खोटाङमा १ जना र सिन्धुलीमा १ जना रहेको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीपहिरो र डुबानमा परी उक्त समयमा ७३ जना घाइते भएका छन् । घाइतेमध्ये ३७ पुरुष, १९ महिला, १२ बालक र ५ जना बालिका रहेका छन् ।

बाढीपहिरोमा परी उक्त अवधिमा २७ जना बेपत्ता भएका छन् भने १ हजार २ सय ६८ जनाको विभिन्न स्थानबाट उद्दार गरिएको छ ।

उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो । बाढीपहिरोको कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक प्रहरीको पहलमा सुचारु गराइएको छ ।

साथै वर्षाका कारण अछाम, मुस्ताङ र चितवन लगायतका स्थानहरुमा सोमबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन् भने १ सय ७ वटा गोठ, ४३ वटा पुल, ३ वटा विद्यालय, १३ वटा सरकारी कार्यालय र ५ सय ८३ वटा घरमा क्षति पुगेको छ । त्यस्तै ८ सय ६९ पशु चौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा भएका जम्मा ६ सय विपद्का घटनाबाट १ हजार १ सय ७६ घर परिवारका ५ हजार ४ सय ९५ जना विस्थापित भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : ४५ बजे

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।