२ हजार ३७० कोरोना संक्रमित थपिए, १८ को मृत्यु | Khabarhub Khabarhub

२ हजार ३७० कोरोना संक्रमित थपिए, १८ को मृत्यु


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ६८९ जनाको पीसीआर परीक्षणबाट १ हजार ६९० र ३ हजार ८९५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६८० जना गरी जम्मा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार १३३ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ४ : ५५ बजे

कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति