कोभिड-१९ बुस्टर शटका लागि मोर्डेनालाई एक बिलियन डलरको प्रतिबद्धता : सिप्ला « Khabarhub
Logo
१४ श्रावण २०७८, बिहीबार

कोभिड-१९ बुस्टर शटका लागि मोर्डेनालाई एक बिलियन डलरको प्रतिबद्धता : सिप्ला



एजेन्सी– भारतमा मोर्डेनाको एक डोज कोभिड-१९ बुस्टर भ्याक्सिनलाई तत्काल अनुमोदन गराउनका लागि सिप्लाले एक बिलियन डलरको प्रतिबद्धता नजिक पुगेको जनाएको छ ।

सीप्लाले सरकारलाई क्षतिपूर्ति र मूल्य कटौती, ब्रिजिङ ट्रायल र आधारभूत भन्सार शुल्कमा छूटको लागि अनुरोध गरेको छ । सीप्लाले उक्त प्रतिबद्धता नजिक पुगेको समेत जनाएको छ।

कोभिड १९ विरूद्ध प्रभावकारी संरक्षण प्राप्त गर्नका लागि देशमा खोप उपलब्धता वृद्धि गर्न सरकारले गरेको प्रयासको लागि सरकारको प्रशंसा गर्दै भारतीय फार्मका जायन्टले मोडेर्नासँग कोविड १९ बुस्टर खोपसम्बन्धी छलफल अन्तिम रुपमै पुगेको र यसको लागि उनीहरू खोजी गरिरहेको जनाइएको छ ।

“यस कार्यक्रमलाई सफल बनाउन सरकारको साझेदारी र समर्थन” गर्नेसमेत बताइएको छ ।

सरकारले चार महत्वपूर्ण बिन्दुमा पुष्टिकरण गर्न अनुरोध गर्दै मूल्य, क्षतिपूर्ति, ब्रिजिंग ट्रायल माफी र आधारभूत भन्सार छुट माथिको छनौटबाट यस्तो आश्वासनले एक बिलियन अमेरिकी डलर भन्दा बढीको महत्वपूर्ण वित्तीय प्रतिबद्धतामा सहयोग पुर्‍याउने भएको हो ।

भारत विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुक हो । भारतले कोभ्याक्सिन र कोभिशिल्ड खोप उत्पादन गरिरहेको छ भने रुसी खोप स्पुतनिक भी खोपलाई प्रयोगको अनुमति दिएको छ ।

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको भए पनि अभाव हुन नदिन पछिल्लो समय निर्यातमा प्रतिबन्ध लगाएको छ ।

स्रोत- पीटीआई


भर्खर

0