टोकियो ओलम्पिक : सुटिङमा भारतले बनाउला त कीर्तिमान ! | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : सुटिङमा भारतले बनाउला त कीर्तिमान !


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एउटा समय थियो, भारतीय खेलकुदको मुख्य साख थियो हक्की । ओलम्पिक खेलकुदको शुरूवातदेखि सन् ७० को दशकको अन्त्यसम्म भारतीय हक्की टोली एक से एक सफल थियो । त्यसपछि यो क्रम तोडिएको छ र भारतको प्रमुख खेल के हो भन्ने बहस जारी छ । भारतले क्रिकेट र चेसमा धेरै स्टार खेलाडी जन्माएको छ । बक्सिङ, टेनिस र ब्याडमिन्टनका एक से एक स्टारहरू छन् । परन्तु संसारमै पहिलो शक्ति हुने गरी भारतीय टोलीको ओलम्पिक खेल छैन ।

यस पटक जापानको टोक्योमा पाँच वर्षमा हुन लागेको ओलम्पिक महोत्सव शुरू हुन दुई साता पनि बाँकी छैन । संसारका धेरै देशका खेलस्टार टोक्यो पुगिसकेका छन् । पदकको अनुमानित आँकडा निकाल्ने क्रम शुरू भएको छ ।

अमेरिका र चीनले पदक तालिकाको शीर्ष स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् । बेलायत, रुस, अस्ट्रेलिया र जर्मनी लगायतले आफ्नो स्थान अनुमान गर्न थालेका छन् ।

विश्व खेल जगतमा एउटा बहस लामो समयदेखि जारी छ, किन दोस्रो ठूलो जनसंख्या भएको भारत पदक तालिकामा माथिल्लो स्थानमा भएन ? भारतका मुख्य खेल खेल क्रिकेट र चेस गैरओलम्पिक भएकाले पनि यसो भएको हुन सक्छ ।

यसपटक भारतले धेरै आशा गरेको सुटिङमा उसको प्रभाव कस्तो होला भन्ने चासो धेरैको छ । सुटिङ एक सदस्य मानु भाकर ओलम्पिकको पिस्तोल स्पर्धामा स्वर्ण पदककै लक्ष्यका साथ पाँच वर्षदेखि मिहिनेत गर्दैछिन् ।

उन्नाइस वर्षीया मानु शुक्रबार सबै सामाजिक सञ्जालबाट बाहिर गइन्, उनले ओलम्पिकपछि मात्रै सक्रिय हुने जनाएकी छिन् । अहिलेसम्म राइफलका अभिनव बिन्द्रा मात्र सुटिङमा ओलम्पिक स्वर्ण जित्ने एक्ला भारतीय हुन् । क्रोएसियामा भर्खरै सम्पन्न आईएसएएसएफ विश्वकपमा प्रतिस्पर्धा गरेको भारतीय टोली त्यहीँबाट टोक्यो जानेछ ।

टोक्योमा मानुले सौरभ चौधरीसँग युगल पेस्तोलमा प्रतिस्पर्धा गर्नेछिन् । उनले दिल्लीमा मार्चमा भएको विश्वकपमा १० मिटर एयर पिस्तोलको एकल स्पर्धामा रजत पदक जितेकी थिइन् । चौधरीसँग युगलमा स्वर्ण पदक जितेकी थिइन् ।

यो जोडीले आईएसएसएफ विश्वकपअघि नै युथ ओलम्पिक र कमनवेल्थ खेलकुदमा स्वर्ण पदक जितेको थियो ।

टाइम म्यागेजिनले शुक्रबार आसन्न ओलम्पिकमा हेर्न लायक भनेर सार्वजनिक गरेको ४८ खेलाडीको सूचीमा सौरभ पनि समावेश छन् । सिमोन वाइल्स, एलिसन फेलिक्स, केलेब ड्रेसेल, सेनी अल फ्राजियर लगायत खेलाडीको सूचीमा सौरभ पनि समावेश हुनुमा भारतीयले गर्व महसुस गरेका छन् ।

यो ४८ जनाको सूचीमा एकमात्र सुटर सौरभ रहेकाले पनि उत्कृष्ट सुटर उनै हुने दाबी पुष्टि गर्ने एउटा आधार तयार भएको छ । ओलम्पिकका दुई स्पर्धामा प्रतिस्पर्धा गर्न तयार सौरभले १४ वटा अन्तर्राष्ट्रिय पदक जितेका छन् ।

उनले पदकमात्रै जिते पनि ओलम्पिकमा पदक जित्ने सबैभन्दा कम उमेरका भारतीय खेलाडी बन्ने छन् । यस ओलम्पिकमा पदकको सम्भावना अन्य भारतीय खेलाडीको पनि छ ।

एक सञ्चारकर्मी कुनै खेलाडीले ओलम्पिकमा स्वर्ण पदक जितेको सफलताबाट प्रभावित भएर खेलमा लागेको घटना विरलै होला । जयपुरकी एयर राइफल सुटर अपूर्वी चन्डेला कुनै समय सक्रिय सञ्चारकर्मी थिइन् । सन् २००८ को बेइजिङ ओलम्पिकमा अभिनव बिन्द्राले १० मिटर एयर पिस्तोलमा स्वर्ण पदक जितेपछि अपूर्वी खेल क्षेत्रमा लागिन् ।

उनी सन् २०१६ को ओलम्पिकमा छनोट भइन् तर खेलको एक दिनअघि निद्राको असरका कारण रियो ओलम्पिकमा कमजोर प्रदर्शन गरिन् । अहिले टोलीको एक सिनियर खेलाडीका रूपमा उनी ओलम्पिकमा सहभागी हुँदैछिन् ।

सन् २०१४ को कमनवेल्थ खेलकुदमा स्वर्ण पदक जितेपछि अपूर्वीको चर्चा चुलिएको थियो । सन् २०१९ मा सानदार ढङ्गले कम ब्याक गर्न सफल भइन् । उनले आईएसएसएफ विश्वकपमा पाँच वटा स्वर्ण जितिन् । राकेश मानपतको प्रशिक्षणमा रहेकी अपूर्वीको नाममा महिला १० मिटर एयर राइफलको विश्व कीर्तिमान छ । पछिल्लो समय तौल घट्दै जाँदा खेलमा असर परेको भनिएको छ तर उनी लयमा आउनेमा भारतीय टोली आशावादी छ ।

विश्व बरियताको दोस्रो स्थानमा रहेका दिव्यांश सिंह पनवार अर्र्का लायक भारतीय सुटर हुन् । अठार वर्षीय दिव्यांशमाथि भारतको आशा धेरै छ । दीपक कुमार दुवेको प्रशिक्षणमा रहेका उनले सन् २०१८ मा आईएसएसएफ जुनियर विश्वकपमा १० मिटर एयर राइफलमा स्वर्ण पदक जितेका थिए ।

सन् २०१९ को एसियन कप तथा आईएसएसएफ विश्वकपमा पनि दिव्यांशले स्वर्ण पदक जिते । सन् २०१९ मै चीनमा भएको आईएसएसएफ विश्वकपमा रजत पदक विजेता उनी सोही वर्षको उत्कृष्ट सुटर घोषित भए । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल सात स्वर्ण, दुई रजत र दुई काश्य पदक जितेका छन् ।

कोरोना महामारीका कारण लामो समय प्रतिस्पर्धा नगरेका उनी एकै पटक दिल्लीमा भएको आईएसएसएफ विश्वकपमा सहभागी भएका थिए । सो प्रतियोगितामा उनी १० मिटर एयर राइफलको एकल स्पर्धामा काश्य पदकमा सीमित भए । मिश्रित युगलमा एलाभेलिन भालारिभनसँग मिलेर स्वर्ण पदक जिते ।

क्रोएसियाका भएको आईएसएसएफ विश्वकपमा भने उनको प्रदर्शन खराब रह्यो । उनी जम्मा ६२४ दशमलव ७ स्कोर मात्र गरेर फाइनलमा पुग्न असफल भए । यो असफलताका बाबजुद उनी लयमा फर्केर पदक जित्न सक्ने खेलाडीका रूपमा हेरिएका छन् ।
सुटिङमा भारतको सफलताको शुरूवात सन् २००४ को एथेन्स ओलम्पिकमा भएको हो । डबल ट्र्यापमा रजत पदक जित्दै राज्य वर्धन सिंह राठौर ओलम्पिक पदक जित्ने पहिलो भारतीय भए । त्यसको पछिल्लो संस्करणमा अभिनव बिन्द्राले १० मिटर एयर पिस्तोलमा स्वर्ण पदक जिते ।

लन्डन ओलम्पिकमा गगन नारायणले १० मिटर एयर राइफलमा काश्य र विजय कुमारले २५ मिटर रेपिड फायर पिस्तोलमा रजत जिते । रियो ओलम्पिकमा भने भारतीय सुटिङ टोली रित्तै फक्र्यो ।

दश मिटर एयर पेस्तोलमा अभिषेक वर्मा अहिले शीर्ष बरियतामा छन् । सन् २०१९ देखि प्रभाव जमाउँदै आएका उनीसँग भारतीय टोलीले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ ।

बीस वर्षीय ऐश्वर्य प्रताप सिंह टोमार टोक्यो ओलम्पिकमा ५० मिटर मेन राइफल पोजिसन थ्रीमा सहभागी हुनेछन् । मध्य प्रदेशको सामान्य किसान परिवारमा जन्मेका उनले सानैमा दाजु नाताका नवदीप सिंह राठौरबाट यस खेलको प्रारम्भिक ज्ञान पाएका थिए ।

सन् २०१९ मा जुनियर आईएसएसएफ विश्वकपमा उनले ५० मिटर राइफल थ्री पोजिसनमा जुनियर विश्व कीर्तिमान बनाएका थिए ।

त्यसो त यशश्विनी सिंह देशावाल भारतले आशा गर्ने अर्की खेलाडी हुन् । दश मिटर एयर पिस्तोल, व्यक्तिगत र मिश्रित युगलमा सहभागी हुने उनी विश्व बरियताको शीर्ष स्थानमा छिन् । सन् २०१९ मा ब्राजिलको रियो द जेनरियोमा भएको आईएसएसएफ विश्वकपमा स्वर्ण पदक पाएपछि उनी यस ओलम्पिकका लागि छनोट भएकी हुन् ।

यशश्विनी सन् १९९७ मा नयाँ दिल्लीमा जन्मिएकी हुन् । सन् २०१४ मा चीनमा भएको युथ ओलम्पिकमा उनको सफलता शुरू भएको थियो, त्यहाँ उनले छैटौँ स्थान जितिन् । दुई वर्षपछि जर्मनीमा भएको आईएसएसएफ जुनियर विश्वकपमा दुई रजत जितिन् । लगत्तै अजरबैजानमा स्वर्ण हात पारिन् ।

यशश्विनीले सन् २०१७ मा आईएसएसएफ जुनियर विश्व च्याम्पियनसिपमा जुनियर विश्व कीर्तिमानसँग बराबरी गर्दै स्वर्ण पदक जितिन् । सन् २०१९ को आईएसएसएफ विश्वकपमा तत्कालीन विश्व च्याम्पियन तथा ओलम्पिक च्याम्पियन ओलेना कोस्टोभेचलाई हराउँदै स्वर्ण पदक जितिन् ।

सन् २०१८ सम्म जुनियर तहमा सनसनी फैलाएकी एलाभेलिन भालारिभनले तीन वर्षमा आफूलाई शीर्ष बरियतामा स्थापित गरेकी छन् । सन् २०१८ को आईएसएसएफ जुनियर विश्वकपमा उनले स्वर्ण पदक जितिन् । तामिलनाडुकी यी सुटरले सन् २०१९ को युनिभर्र्सियाडमा रजत जितिन् । ताइपेईमा एसियन एयर गन च्याम्पियनसिपमा स्वर्ण जितेपछि उनी झन् चम्किँदै गइन् ।

सन् २०१९ को आईएसएसएफ विश्वकपका ब्राजिल र चीनको संस्करणमा स्वर्ण जितेपछि एलाभेलिन भारतीय खेल जगतमा नयाँ स्टार भइन् ।

विश्व बरियताको दोस्रो स्थानमा रहेकी राही सार्नोबट पनि आसन्न ओलम्पिकमा २५ मिटर एयर पिस्तोलमा सहभागी हुँदैछिन् । उनी एसियाली खेलकुदकी स्वर्ण पदक विजेता हुन् । उनले सन् २०१० मा भारतमा भएको कमनवेल्थ खेलकुदमा दुई स्वर्ण जितेकी थिइन् । उनी भारतीय टोलीमा पुरानै खेलाडी हुन् ।

विभिन्न आरोह–अवरोह सामना गरेकी राहीबाट भारतले उत्कृष्ट प्रदर्शन र युवा खेलाडीलाई प्रेरणा हुने अपेक्षा गरेको छ ।
भारतका सुटिङ खेलाडीले टोक्यो ओलम्पिकमा धेरै पदक जित्ने अनुमान खेल पण्डितहरूको छ । भारतको प्रमुख खेल सुटिङ नै हुनेछ ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ०३ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार