गृ्हमन्त्री अधिकारीद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण (तस्वीरहरू हेर्नुहोस्) | Khabarhub Khabarhub

गृ्हमन्त्री अधिकारीद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण (तस्वीरहरू हेर्नुहोस्)


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । त्यसक्रममा उनले राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका कामकारवाहीबारे जानकारी लिएका छन् ।

गृहमन्त्री अधिकारीसमक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमि, संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, निर्वाचन सुरक्षा योजना तथा रणनीति, विद्यमान सुरक्षा चुनौती, कोभिड–१९ महामारीमा नेपाल एपीएफ अस्पतालले पुर्‍याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिसनमा सशस्त्र प्रहरी बलको परिचालन, मानव अधिकारको संरक्षण र सम्वर्द्धन लगायत भए गरेका विविध विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराइएको थियो ।

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै उनीहरूको योगदानको स्मरण गरे । सशस्त्र प्रहरी बलमा आवद्ध रहेर सेवा गर्न पाउनु गौरवको विषय भएको तथा सशस्त्र प्रहरी कर्मचारीले सीमा सुरक्षामा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै राष्ट्र र नागरिकको सेवा सुरक्षामा पुर्‍याएको योगदानको कदर गरे ।

सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षा निकायको रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, ‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिइएको सेवा तथा सुविधा अब्बल छ । भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावकाबीच संगठनले गरेको कार्यको हृदयको गहिराइबाट सम्मान प्रकट गर्न चाहन्छु ।’

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधनको क्रममा मन्त्रालय सशस्त्र प्रहरी बलका लागि आवश्यक साधनस्रोत, जनशक्ति र वृत्तिविकासको कार्यमा सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्दै कार्यक्षेत्रमा पूर्ण व्यावसायिक र उच्च मनोबलका साथ क्रियाशील रहन निर्देशन दिए ।

उनले समायानुकूल राशन व्यवस्थापन, वृत्तिविकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने बताए । गृहमन्त्री अधिकारीले सदियौंदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमताको प्रशंसा गरे ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा गृहमन्त्री अधिकारीबाट भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको मनोबल तथा हौसलामा वृद्धि भएको बताए । गृहमन्त्रीको निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरश पालना गरिने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

तस्वीरहरू : सशस्त्र प्रहरी बल नेपाल

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : ३५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०