ब्याड राख्ने बेलामा धानको बीउ अभावः भारतीय बजारमाथि किसान निर्भर | Khabarhub Khabarhub

ब्याड राख्ने बेलामा धानको बीउ अभावः भारतीय बजारमाथि किसान निर्भर


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ ।

धान रोप्ने समय शुरु भएपनि बीउ अभावमा यहाँका किसानहरु भारतीय बजारमाथि निर्भर हुनु परेको हो । धानको ब्याड राख्ने समय शुरु भएपनि स्थानीय बजारमा बीउ नपाउँदा यहाँ किसानहरु चर्को मूल्यमा भारतीय बीउ खरिद गर्न बाध्य भएका छन् । विगतमा गुणस्तर परीक्षणबिना भारतबाट जथाभावी ल्याइने बीउले बेलाबेलामा कृषक ठगिने गरेका थिए ।

‘अघिल्लो वर्ष अरु जातको धानको बीउ लगाउँदा उत्पादन कम भएको, लागत खर्च समेत उठन नसकेकाले यसपाली भारतको भेलाही बजारबाट सोना मन्सुली धानको बीउ चर्को मूल्यमा किनेर ल्याएका छौं’, जगरनाथपुर गाउँपालिका-६ का किसान रुपनारायण प्रसादले भने, ‘सोना मन्सुली धानको बीउ नेपालमा नपाउने भएकाले भारतबाट खरिद गरेर ल्याउँदा धेरै समस्या भोग्नु परेको छ ।’

उनले भारतीय बजारबाट धानको बीउ खरिद गरेर ल्याउँदा सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले हैरान पार्ने, जथाभावी रकम माग्ने र रकम नदिँदा सो बीउ नियन्त्रणमा लिनेजस्ता समस्या रहेको बताए ।

‘नेपालमा प्रतिबन्ध रहेको सोना मन्सुली धानले प्रति हेक्टर अढाई मेट्रिकटन उत्पादन दिने गरेको, बढी फल्ने तथा खानमा पनि स्वादिलो हुने गरेकाले पर्साका सतप्रतिशत किसान सोना मन्सुली धान लगाउने गरेका छन्’, कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसियाले भने, ‘यो धानको बीउ नेपालमा नपाउने भएकाले ७५ प्रतिशत किसानहरु भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर खेती गर्ने गरेका छन् ।’

कम लागतमा बढी उत्पादन दिने भएकाले सोना मन्सुली धानको खेती गर्न भारतको भेलाहीबाट २५ किलो धानको बीउ ल्याउँदा प्रसौनी भाठास्थित सुरक्षाकर्मीले रु एक सय लिएको दुखेसो पोख्दै पोखरीया नगरपालिका-७ का किसान सुरेन्द्र रौनियारले भने, ‘अरु धान भन्दा सोना मन्सुली धानको उत्पादन बढी हुन्छ । प्रतिहेक्टर ४ मनका दरले उत्पादन हुने यो जातको धानको बजार मूल्य पनि राम्रो पाउने भएकाले भारतबाट बीउ ल्याएर ब्याड राखेको छु ।’

नेपालमा सोना मन्सुली धान प्रतिबन्ध रहेपनि यो धानको बीउ भारतमा मात्र पाउने भएकाले किसानहरु बीउ ल्याउँदा सीमावर्ती भारतीय बजार सिकटा, भेलाहीलगायतका सिमा नाकामा रहेका सुरक्षाकर्मीहरुले दुःख दिने गरेको, जथाभाबी रकम माग्ने गरेको गुनासो किसानको छ ।

पछिल्लो समय हाइब्रिड बीउको माग बढ्दै गएका बेला सरकारले सहज रुपमा यो बीउ पाउन सक्ने व्यवस्था गरिदिए वर्षौँदेखिको परनिर्भरता अन्त्य हुने अर्का किसान बिजय पण्डितको भनाइ छ ।

यो वर्ष मनसुन चाडै भित्रिएपछि यहाँ किसानले पनि चाडै ब्याड राख्न थालेका छन । विगतमा यहाँका किसानले जेठ १५ गते देखि धानको ब्याड राख्न शुरु गर्ने गरेका थिए । पर्सामा चैते धान ३ हजार ५ सय हेक्टर, भदैया ८ हजार ५ सय ५० हेक्टर र अगहनी ३५ हजार हेक्टर गरी कूल ४७ हजार ५० हेक्टरमा क्षेत्रफलमा धान खेती हुदै आएको छ ।

सरकारले स्वर्णासव- १, बहुगुणी-२, सोना मन्सुली- १, हर्दिनाथ-१ र साबित्री जातको धानको बीउमात्र बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

सोना मन्सुली धानको बीउको अभाव भएपछि सिमा क्षेत्रका ग्रामीण किसान भारतबाट सो धानको बीउ किनेर ल्याउँदा गुणस्तरहीन हुने, उत्पादन क्षमता कम हुने र ठाउँ ठाउँमा प्रहरीले दुःख दिने गरेको गुनासो गर्दै छिपहरमाई गाउँपालिका-५ भिस्वाका किसान हरिओम साहले भने, ‘सरकारले किसानलाई आवश्यक पर्ने बीउबिजन स्थानीय तहमा उपलब्ध गराउन नसक्दा बीउको लागि भारतीय बजारमा भरपर्नु पर्ने बाध्यता छ ।’

प्रदेश नं २ सरकार र स्थानीय तहले कृषि क्षेत्रको विकासका लागि वार्षिक करोडौं रुपैयाँको बजेट विनियोजन गरेपनि किसानलाई चाहिने धानको बीउ उपलब्ध गराउन नसक्दा पर्साका किसान भारतीय बीउमा परनिर्भर हुँदै गएपछि उत्पादनमा समेत असर पर्न थालेको किसान बताउँछन ।रासस

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  २ : १० बजे

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका