रुपन्देहीमा पीसीआर परीक्षण गरिएका ७५ प्रतिशत संक्रमित | Khabarhub Khabarhub

रुपन्देहीमा पीसीआर परीक्षण गरिएका ७५ प्रतिशत संक्रमित



बुटवल— रुपन्देहीमा एकै दिन ९०७ जना कोरोना संक्रमित भएका छन् । यो संख्या रुपन्देहीमा एक दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । मृत्युको यो संख्या पनि अहिलेसम्मको उच्च हो ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको छ । हालसम्म ३०९ जनाको मृत्यु भएको छ ।

बुधबारको विवरणअनुसार रुपन्देहीमा १ हजार २०४ जनाको आरटीपीसीआर परीक्षण गर्दा ९०७ जना संक्रमित फेला परेका हुन् । यो संख्या परीक्षण गरिएका मध्ये ७५ प्रतिशतभन्दा बढी हो । बुटवल उपमहानगरमा सबैभन्दा ३९५ जना संक्रमित फेला परेका छन् जसमा १९० जना महिला र २०५ जना पुरुष छन् ।

रुपन्देहीमा संक्रमितको मृत्युदर २ प्रतिशत छ । जिल्लामा अहिले लक्षणसहितका ३७६ जना संक्रमित विभिन्न आइसोलेसन सेन्टरमा र ६ हजार ६२६ जना होम आइसोलेसनमा छन् ।

अक्सिजन नहुँदा ५ जनाको मृत्यु

बुटवलमा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन सकिँदा ५ जना संक्रमितको मृत्यु भएको छ । अक्सिजन दिइएका कोरोना संक्रमितको अक्सिजन सकिएपछि मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार अक्सिजन सकिएको सूचना गर्दा पनि समयमा उपलव्ध नहुँदा उपचाररत संक्रमितको मृत्यु भएको हो । बेडमा रहेका संक्रमितहरूलाई आधा घण्टा अक्सिजन दिन नसकिएको उनले बताए ।

निषेधाज्ञा लम्बियो

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा निषेधाज्ञाको म्याद थपेको छ । बुधबार भएको जिल्लाको उच्चस्तरीय समितिको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा बढाउन सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : २३ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा