बन्दुक पड्किँदा बाख्रा चराउन गएका १ जना घाइते | Khabarhub Khabarhub

बन्दुक पड्किँदा बाख्रा चराउन गएका १ जना घाइते


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित भालेडाँडा जंगलमा आफैंले बोकेको भरुवा बन्दुक पड्किदा बाख्रा चराउन गएका एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार भीमफेदीको भाले डाँडा सामुदायिक वनमा बाख्रा चराउन गएका गगनबहादुर सिञ्जाली आफ्नै बन्दुकको गोली लागि घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी जयश्वर रिमालका अनुसार बन्दुक बोकेर जंगल गएका सिञ्जाली असावधानीपूर्वक बन्दुक पड्किँदा घाइते भएका हुन् ।

उनलाई आफन्तले हेटौंडास्थित सन्चो अस्पतालमा उपचार गराउन लगेपछि प्रहरीले घटना थाहा पाएको थियो । उनको कम्मरको दायाँ भागमा चोट लागेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : ४५ बजे

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।