एमाले नेता चौलागाईंको निधनमा पार्टीको झण्डा आधा झुकाइने | Khabarhub Khabarhub

एमाले नेता चौलागाईंको निधनमा पार्टीको झण्डा आधा झुकाइने


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।

उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागारईंको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन ।
पार्टी केन्द्रीय सदस्य चौलागाईंको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखाबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईँ भद्र, निष्ठावान् र इमान्दार नेता थिए । चौलागाईं जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे गाउँमा भएको थियो । उनले हाल मध्यपुरथिमिमा बस्दै आएका थिए । पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मनुभएका उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

स्नातकोत्तर उनले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा शुरु गरेका थिए । उनले पटक-पटक गरी छ महिना बन्दी जीवन बिताएका थिए ।

विगतमा शिक्षण पेशाको अनुभवसमेत सँगालेका चौलागाईं भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गरेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताएका छन् । पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ०१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न