स्थानीय सरकारमा देवचुलीको तरङ्ग | Khabarhub Khabarhub

स्थानीय सरकारमा देवचुलीको तरङ्ग



झापा- नवलपरासीपूर्व देवचुलीमा केही दिन अघि एम्बुलेन्स नभएर ट्याक्टरमा लैजाँदै गर्दा एकजना कोरोना संक्रमितको मृत्यु भयो । घटनापछि स्थानीयवासीले जनप्रतिनिधिहरू सुविधाभोगी भएको र सर्वसाधारणलाई उपचारका लागि एम्बुलेन्स व्यवस्था गर्न नसकेको भन्दै कडा विरोध जनाए ।

यस्तै घटना गत वर्ष धनकुटामा पनि भएको थियो । देवचुलीको घटनाले भने देशव्यापी तरङ्ग ल्यायो ।

यो घटनाको तरङ्गले पूर्वी नेपालका जनप्रतिधिहरू पनि झल्यास्स ब्युँझिएजस्ता भएका छन् । लोकप्रियताका लागि नै भए पनि सरकारी सुविधमा आफूले लिएका गाडी एम्बुलेन्सका रूपमा बिरामी बोक्न दिने घोषणा गर्न थालेका छनज् ।

केही स्थानीय तहले वैकल्पिक एम्बुलेन्स पनि घोषणा गरेका छन् । कोभिड उपचार केन्द्र, आइसोलेसन वार्ड तथा अक्सिजनको व्यवस्थापनमा पनि जुटेका छन् ।

आइसोलेसन केन्द्रहरू बन्दै

भारतको पश्चिम बङ्गालसँग जोडिएको मेचीनगर नगरपालिकाले कोरोना संक्रमितका लागि आइसोलेसन वार्ड तयार पारेको छ । धाइजन स्वास्थ्य केन्द्रमा अक्सिजन सहितका ३० बेड तयार पारिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार आइसोलेसन केन्द्रमा चिकित्सक र नर्ससहितका स्वास्थ्यकर्मीले सेवा दिनेछन् । आम्दा मेची अस्पतालमा पनि बेड थप गर्ने तयारी रहेको जनाइएको छ ।

कोभिड नियन्त्रण कार्यदलका संयोजक नवीन बरालका अनुसार घरमा रहेका संक्रमितहरूलाई आवश्यक परे घरैमा स्वास्थ्यकर्मीको सेवा, औषधि र अक्सिजन पुर्‍याउने जनाइएको छ ।

दक्षिण सीमावर्ती झापा गाउँपालिकाले पनि अक्सिजन सहित २० बेडको आइसोलेसन सेन्टर निर्माण गरेको गाउँपलिका अध्यक्ष जयनारायण साहले जनाएका छन् ।

जनप्रतिनिधिहरू सुविधाभोगी भए भन्ने गुनासो बढिरहेका बेला स्थानीय तहका जनप्रतिनिधिहरू आफूमा सवारीसाधनको मोह नरहेको प्रष्टीकरण दिन थालेका छन् ।

विर्तामोड नगरपालिकामा टेम्पो एम्बुलेन्स शुरू भएको छ । एम्बुलेन्स अभावमा बिरामीलाई अस्पताल लैजान समस्या नहोस् भनेर टेम्पोलाई नै एम्बुलेन्सको रूपमा प्रयोगमा ल्याइएको हो ।

उपचार र परीक्षण विस्तार

दमक नगरपालिकाले कोरोनाको पहिलो लहरदेखि नै अस्थायी कोभिड अस्पताल (उपचार केन्द्र) सञ्चालनमा ल्याएको छ । पहिलो लहरको संक्रमण नियन्त्रणमा आएपछि बन्द गरिएको अस्पताल पुनः सञ्चालन गरिएका हुन् ।

दमकमा ३० शय्याको कोभिड अस्पतालमा अक्सिजनसहित स्वास्थ्यकर्मीहरू रहेको दमक अस्पताल सञ्चालक समितिका अध्यक्ष एवम् नगर उपप्रमुख गीता अधिकारीले जनाएकी छन् । उक्त अस्पतालमा हाल १३ जना संक्रमित उपचारका क्रममा छन् ।

कमल गाउँपालिकामा पनि कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ । त्यहाँ हाल एक जना संक्रमित उपचारमा रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिए ।

हाल कमल गाउँ पालिकामा ८८ जना सक्रिय संक्रमित छन् । तीमध्ये ३ जनामात्र अस्पतालमा उपचारका क्रममा छन् । होम आइसोलेसनमा रहेका संक्रमितहरूको स्वास्थ्य परीक्षणका लागि घरमै स्वास्थ्यकर्मी पठाइने अर्यालले बताए ।

अस्पतालमा अनुगमन

विर्तामोडका बासिन्दा गणेश पोखरेलका परिवारका अधिकांश सदस्यमा कोरोना संक्रमण भएको छ । उनले संक्रमितहरूको एक्सरे समेत गराउन सकेनन् । विभिन्न अस्पतालमा सम्पर्क गर्दा बल्ल एउटा अस्पताल तयार भयो तर उनले एम्बुलेन्स पाएनन् ।

नगरपालिकाको स्वास्थ्य शाखामा आग्रह गर्दा पनि एम्बुलेन्स नपाएपछि चिनजानका एक जनाले निजी सवारी साधनमा अस्पताल पुर्‍याइदिए । नेपाल प्रेस काउन्सिलका सदस्य रहेका पोखरेलले पाएको हैरानी सामाजिक सञ्जालमार्फत सार्वजनिक भए प्रशासनले निजी र सरकारी अस्पतालहरूको अनुगमन थालेको छ ।

निजी र सरकारी अस्पतालले समेत उपचार, एक्सरे र परीक्षणमा आनाकानी गरेका बेला केही निजी अस्पतालले कोरोना संक्रमितको उपचार शुरु गरेका छन् । दमकको एडभान्स अस्पतालमा हाल ७ जना संक्रमित उपचारमा रहेको अस्पतालका व्यवस्थापक चैतन्य बरालले जानकारी दिए ।

उनका अनुसार यसअघि ५ जना उपचारपछि फर्किए भने एक जनाको ज्यान गयो ।

दमककै लाइफलाइन अस्पतालमा पनि ३० बेडको कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ । अस्पतालको अलग्गै भवनलाई कोभिड उपचार केन्द्रको रूपमा सञ्चालनमा ल्याइएको अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले जानकारी दिएका छन् ।

नागरिकको सहकार्य

कोरोना संक्रमण उच्च भइरहेका बेला नियन्त्रण गर्न नागरिकको सहकार्य पनि बढ्दै गएको छ । दोस्रो चरणको निषेधाज्ञा लागु भएपछि सडक र बजार सुनसान छन् । शुरूमा केही उल्लंघन भए पनि संक्रमण र मृत्युदर बढेपछि नागरिकहरू सतर्क देखिएका छन् ।

महामारी नियन्त्रणका लागि राजनीतिक दल र सामाजिक संस्थाहरूले पनि स्थानीय सरकारलाई सघाउन थालेका छन् । दमक नगरपालिकाका सार्वजनिक स्थलहरू ‘सानो प्रयास युवा समाज’ ले सेनिटाइज गर्दै आएको छ । औषधि व्यवसायी लोमस न्यौपानेले तीन लाख रुपैयाँ बराबरको औषधि र उपचार सामग्री दमक कोभिड अस्पताललाई प्रदान गरेका छन् ।

संक्रमणको अवस्था

झापामा हाल सक्रिय संक्रमितको संख्या १ हजार ३७५ रहेको छ । हालसम्म १४७ जना संक्रमितको मृत्यु भएको छ । जम्मा ६ हजार ११४ जना संक्रमित पहिचान भएकोमा ४ हजार ५९२ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ३५ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार