काठमाडौँमा जेठ १ गतेदेखि ‘आकस्मिक रक्तदान’ | Khabarhub Khabarhub

काठमाडौँमा जेठ १ गतेदेखि ‘आकस्मिक रक्तदान’


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण देशभरका अस्पतालहरुमा रगतको अभाव भइरहेको बेलामा ‘आकस्मिक रक्तदान’ गरिने भएको छ ।

लायन्स क्लब अफ काठमाडौँ सोसियल फ्रेन्ड्सको संयोजकत्वमा अटो नेपाल र सहयोगी महिला जागरण मञ्चको पहलमा आउँदो जेठ १ गतेदेखि आकस्मिक रक्तदान कार्यक्रम हुन लागेको हो । रक्तदान कार्यक्रम रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा हुनेछ ।

सोसियल फ्रेन्ड्सका अध्यक्ष भूषणकुमार श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले गर्भवती महिला र अपरेसन हुनैपर्ने बिरामीको अपरेसन हुन नसकेको र रगत अभाव भएको बताएपछि रक्तदान कार्यक्रम गर्न लागिएको बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार दुई/दुई हप्तामा लायन्सले रगत संकलन गरेर रेडक्रसलाई बुझाउनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ०३ बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको