लेभान्टेसँग बराबरीमा रोकियो बार्सिलोना, उपाधि होड कमजोर | Khabarhub Khabarhub

लेभान्टेसँग बराबरीमा रोकियो बार्सिलोना, उपाधि होड कमजोर


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला उपाधि दाबेदार मानिएको बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा लेभान्टेले बार्सिलोनालाई ३–३ गोलको बराबरीमा रोक्दै अंक खोसेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, पेड्री र औसमाने डेम्वेलेले गोल गर्दा लेभान्टेका गोन्जालो मेलेरो, जोस लुइस मोरालेस र सर्जियो लिओनले गोल फर्काए ।

पछिल्लो दुई खेलमा बार्सिलोनाको यो दोस्रो बराबरी हो । यसअघि बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरी खेलेको थियो ।

लेभान्टेसँगको बराबरीमा रोकिएसँगै बार्सिलोनाको उपाधि होड कमजोर भएको छ ।

३६ खेलबाट ७६ अंकसहित दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा  एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ७७ अंकसहित शीर्ष स्थानमा छ ।

एक खेल कम खेलेको रियल ७५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ५५ बजे

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक