आज सेयर बजार नेप्से १७ अंकले बढ्यो  | Khabarhub Khabarhub

आज सेयर बजार नेप्से १७ अंकले बढ्यो 


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार परिसूचक (नेप्से) १७.२० अंकले बढेको छ । सोमबारको कारोबारपछि परिसूचक २६९१.५६ अंकमा पुगेको छ ।

आज ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँमा २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज बैंकिङ, विकास बैंक, निर्जीवन बीमा, प्रशोधन तथा उत्पादन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डका समूहगत सूचक बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक १९७.७९ अंकले बढेको छ ।

यस दिन सबैभन्दा बढी कमाउने कम्पनीहरुमा एनआईसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

गुमाउने कम्पनीहरुमा सान्जेन जलविद्युत्, चन्द्रागिरि, हिमाल दोलखा हाइड्रोपावरलगायत कम्पनी रहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : २४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६