संसदीय समितिमा सदस्यहरूको नाम हेरफेर, प्रचण्ड मानवअधिकार समितिमा (नामावलीसहित) | Khabarhub Khabarhub

संसदीय समितिमा सदस्यहरूको नाम हेरफेर, प्रचण्ड मानवअधिकार समितिमा (नामावलीसहित)


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर भएको छ । आज प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसबारे जानकारी गराएका हुन् ।

जसअनुसार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा नियुक्त भएका छन् ।

यसैगरी, घनश्याम भुसाल, मोतीलाल दुगड र वर्षमान पुनलाई अर्थ समितिमा राखिएको छ । त्यस्तै गिरिराजमणी पोखरेल र योगेशकुमार भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा नियुक्त गरिएको छ ।

पूर्व सभामुख कृष्णबहादुर महरा र लिलादेवी सिटौलालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा राखिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ३ : ३७ बजे

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा