मङ्सिरीको विद्यालयको विजोग | Khabarhub Khabarhub

मङ्सिरीको विद्यालयको विजोग


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–चारैतिर पहाड, बीचमा अग्लो डाँडा ! सोही डाडाँमा २०३९ सालमा स्थापना गरिएको हिमालय आधारभूत विद्यालय नलगाड नगरपालिका–८ मङ्सिरी । झ्याल, ढोका, शौचालय र खानेपानीलगायतका पूर्वाधार अस्तव्यस्त अवस्थामा विद्यालयमा निरन्तर ६१ विद्यार्थी पढिरहेका छन् ।

कार्यालय रहेको कोठामा मूल ढोकाबाहेक झ्यालमा समेत ढोका नहुँदा हावाहुरीले कार्यालयमा बस्न सक्ने अवस्था हिउँदयाममा नभएको प्रधानाध्यापक मनोद शर्माले बताए ।

वर्षायाममा वर्षे झरीका कारण चुहिने हुँदा कार्यालयकै सामग्री बचाउन धौधौ पर्ने गरेको पीडा उहाँ सुनाउनुहुन्छ । यो विद्यालय अनुगमनका लागि अहिलेसम्म एक पटकमात्र शिक्षाका कर्मचारी पुगेका छन् ।

निम्न आर्थिक अवस्था भएका परिवारको यस गाउँमा बसाई हुँदा विद्यालयको मुहार बदल्न सक्ने अवस्था नरहेको स्थानीय भविलाल बुढाले बताए ।

वर्षायाममा पानी पर्ने बित्तिकै विद्यालय बन्द गर्नुपर्ने अवस्था र हिउँद याममा हावाहुरीका कारण पठनपाठन गर्न चुनौती हुँदै आएको छ । विद्यालयमा तीनकोठे एक जीर्ण कच्ची भवन र अर्को दुई कोठा दिवा खाजा पकाउने कच्ची भवन भए पनि कति बेला भत्किन्छ त्यसको कुनै ठेगान नभएको प्रधानाध्यापक शर्माले जानकारी दिए ।

आफू दुई वर्षदेखि सो विद्यालयमा कार्यरत रहेको भन्दै विद्यालयमा जानेबित्तिकै आँखाबाट आँशु झर्ने गरेको शर्माको पीडा छ ।

राज्यको उपस्थिति नै कमजोर रहेको मङ्सिरी गाउँमा राज्यका क्रियाकलापसमेत निकै कम हुने गरेका छन् । विद्यालयमा के कति रकम आउँछ, सार्वजनिक लेखा परीक्षण हुन्छ की हुँदैन त्योसम्म गाउँलेलाई थाहा नहुने गरेको बताइन्छ । प्रधानाध्यापकसहित तीन शिक्षक, एक बालविकास शिक्षिका र एक जना कार्यालय सहयोगी सो विद्यालयमा कार्यरत छन् ।

विद्यालय सञ्चालन गर्न आधारभूत कुरासमेत नहुँदा आफू हैरान भएको प्रधानाध्यापक शर्माले गुनासो गरे । खानेपानी घरबाट बोकेर ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

दिसा, पिसाबका लागि शौचालय नहुँदा जङ्गलमा जानुपर्ने बाध्यता छ । यता नलगाड नगरपालिकाले विद्यालयलाई सहयोग गर्ने ठूलो रकम आफूसँग नभएको भनी आफूहरूलाई पन्छ्याउने काम गरिरहेको प्रधानाध्यापक शर्माले बताए ।

नगरप्रमुख टेकबहादुर रावलले भने, ‘यहाँको समस्याबारे अघिल्लो वर्षमात्र जानकारी आएकाले यो आर्थिक वर्षमा जस्तापाता फेर्नका लागि रु ६० हजार र शौचालय निर्माणका लागि रु ४० हजार छुट्याएको छ । नजिकै अर्को विद्यालय भए मर्ज गर्ने भन्ने थियो तर नजिक नहुँदा समस्या आइरहेको छ ।’

विद्यालयमा शिक्षकको तलब भत्ता र अडिट खर्चबाहेक अन्य खर्च नआएको प्रअ शर्माले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सर्जन पुनले आफूहरूको पहुँच नहुँदा विद्यालयको यो दशा आइलागेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ११ : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन