आफ्नो परमाणु केन्द्रमा हमला भएको इरानको दाबी | Khabarhub Khabarhub

आफ्नो परमाणु केन्द्रमा हमला भएको इरानको दाबी


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले आफ्नो एउटा परमाणु केन्द्र “आतङ्ककारी कार्य”को निसानामा परेको दाबी गरेको छ ।

शनिबार इरानले युरेनियमलाई अझ बढी मात्रामा संवर्द्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन सुरु गरेको घोषणा गरेको भोलिपल्टै यस्तो हमला भएको उसले दाबी गरेको हो।

शनिवार इरानी राष्ट्रपति हसन रुहानीले नाटान्जमा नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गरेका थिए।

एटोमिक इनर्जी अर्गनाइजेसन अफ इरान (एईओआई) का प्रवक्ता बेहरुज् कमालवन्दीले आइतवार बिहान भएको हमला परमाणु क्षेत्रको उर्जा नेटवर्कसँग जोडिएको बताए ।

एईओआईका प्रमुख अली अकबर सालेहीले उक्त घटनालाई “तोडफोड” र “परमाणु आतङ्कवाद” को संज्ञा दिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) ले उक्त घटनाबारे आफू जानकार रहेको तर त्यसबारे केही प्रतिक्रिया नदिने बताएको छ ।

इजरेली सार्वजनिक प्रसारक कानले उक्त घटना इजरेली साइबर हमला हुनसक्ने अनुमान गरिएको बताएको छ।

उसले सन् २०१० को एउटा कम्प्युटर भाइरसको उदाहरण दिँदै त्यस्तो दाबी गरेको हो । त्यसबेला अमेरिका र इजरेल मिलेर उक्त भाइरस बनाएको विश्वास गरिएको थियो।

सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला इरानको परमाणु केन्द्रमा हमला भएको विषय सार्वजनिक भएको हो ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : १० बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि