सत्तासमीकरण लगायतका विषयमा जसपाका नेताहरुले गरे देउवासँग छलफल (भिडियोसहित) | Khabarhub Khabarhub

सत्तासमीकरण लगायतका विषयमा जसपाका नेताहरुले गरे देउवासँग छलफल (भिडियोसहित)


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच छलफल भएको छ ।

सत्ता साझेदार लगायत पछिल्लो राजनीतिक घटनाकाबारेमा जसपाका नेताहरुले सभापति देउवासँग छलफल गरेका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा भएको छलफलबारे जसपाका अध्यक्ष महन्थ ठाकुरले भने,‘मिलेर जाने र जेलमा रहेका हाम्रा साथीहरुलाई रिहा गर्ने विषयमा कुरा राख्यौं । तरपनि कुनै सहमति भएको छैन ।’

कांग्रस प्रवक्ता विश्वप्रकाश शर्माले समेत ठोस रुपमा टुंगोमा पुगिनसकेको बताए । उनले भने,‘ठोस रुपमा टुंगोमा पुगेका छौं भन्ने बेला भएको छैन । जसपाका नेताहरुसँग राष्ट्रिय राजनीतिका बारेमा छलफल भयो ।’

अहिलेको अवस्थामा कांग्रेसले निकास दिनुपर्ने बेला आएको प्रवक्ता शर्माले बताए । छलफलका क्रममा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरेका दलहरुका बिचमा सहमति कायम गर्न जसपाका नेताहरुले आग्रह गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

उनले भने,‘माओवादी र जसपा र कांग्रस एकठाउँमा उभिनुपर्छ भन्ने कुरा उहाँहरुले गर्नुभयो । खुला रुपमा छलफल गरेर राजनीति अघि लैजाने विषयमा छलफल भएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारका बारेमा समेत छलफल भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि कांग्रेसको अग्रसरतामा संघर्ष भएको थियो । केहीदिन प्रतिक्षा गर्नुपर्छ । ’

हेरौँ भिडियो

जसपा नेताहरुसँगको छलफल अघि सभापति शेरबहादुर देउवाले पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक समेत बोलाएका थिए ।

पदाधिकारी बैठकबारे प्रवक्ता शर्माले भने,‘पदाधिकारी बैठकमा पनि ओली सरकारको विकल्पमा अघि बढ्नुपर्छ र त्यसका लागि कांग्रेस अग्रसर बन्नुपर्छ भन्ने नै थियो । तर जसपाका नेताहरुसँगको छलफलमा समेत त्यही विषयमा छलफल भएको छ । थप परिपक्वता देखिएपछि कांग्रेसले निर्णय गर्छ । संसदमा रहेको माओवादी केन्द्रसँग फेरी छलफल गरेर निष्कर्ष निकाल्छौं ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : १४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन