जसपाले सरकारको नेतृत्व दाबी गर्ने, मस्यौदाको पूर्ण काम नसकिँदा पारित भएन विधान (भिडियोसहित) | Khabarhub Khabarhub

जसपाले सरकारको नेतृत्व दाबी गर्ने, मस्यौदाको पूर्ण काम नसकिँदा पारित भएन विधान (भिडियोसहित)


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ सत्ता समीकरणमा निर्णायक तहमा देखिएको जनता समाजवादी पार्टी (जसपा) ले नयाँ बन्ने सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्वका लागि जसपाले पहलकदमी गर्नु पर्छ भन्ने कोणबाट बहस थालिएको नेता राजकिशोर यादवले जानकारी दिए ।

जसपा अरुलाई समर्थन गर्ने शक्तिको रुपमा मात्रै देखिँदै आएकोमा अब त्यसलाई चिर्दै सरकारको नेतृत्व लिन अग्रसरता दिने निष्कर्षमा पुगेको उनले बताए ।

‘राष्ट्रियस्तरमा देखिएका समस्या समाधान गर्न ठूला दलहरु प्रयोग भएको र असफल पनि भएका छन् ।’ उनले भने, ‘अब ऐतिहासिक कार्यभारको नेतृत्व लिन जसपाले पहलकदमी गर्नु पर्छ भन्ने कोणबाट बहस थालेका छौँ ।’

आजको बैठकले पार्टीको विधान पारित गर्ने तथा संसदीय दलको नेता चयन गर्ने बताइए पनि विधान निर्माण भइनसकेकोले नेता चयन गरिएन ।

नेता यादवले बैठकमा मस्यौदाकारहरुले दलको विधान प्रस्तुत गरेको तर मस्यौदाकारहरुले नै विधानलाई पूर्णता दिन समय मागेकाले विधान पारित हुन नसकेको जानकारी दिए । अर्को बैठकमा यस विषयलाई टुंगोमा पुर्‍याउने यादवले बताए ।

हेरौँ भिडियो

नयाँ सत्ता समीकरणका लागि सत्तारुढ नेकपा एमालेलगायतका दलसँगको वार्तालाई तीव्रता दिएको जसपाले रेशम चौधरीको रिहाइलाई भने बटम लाइन बनाएको छ ।

‘आफूहरुले अघि सारेका माग जबसम्म निष्कर्षमा पुग्दैन तबसम्म सत्ता समिकरणका विषयमा छलफल गर्दैनौँ ।’ उनले भने ।

जसपाले रेशम चौधरीलाई निःशर्त रिहाइको माग अघि सारेको छ । सत्ता समीकरणको बार्गेनिङ भन्दा पनि राजनीतिक मुद्दाको रुपमा रहेको चौधरीलाई रिहा गरिनु पर्ने यादवले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सीके राउतसँग सहमति गर्ने सरकारले आफूहरुको मागलाई भने बेवास्ता गर्न नमिल्ने उनको जोड थियो ।

सत्ता समीकरणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार वार्ता गरेका जसपाका शीर्ष नेताले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्दै छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : १४ बजे

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको