अनुप्रस्थको ‘सम्झेर मलाई’मा भावना र निरन | Khabarhub Khabarhub

अनुप्रस्थको ‘सम्झेर मलाई’मा भावना र निरन


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’को नयाँ गीत ‘सम्झेर मलाई’को भिडियो सार्वजनिक भएको छ । व्याण्डले शिवरात्रीको अवसर पारेर बिहीबार बेलुका राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा आफ्नो प्रस्तुतिसहित भिडियो सार्वजनिक गरेको हो ।

गीतमा सुरेश शाहीको शब्द छ । निरन शाहीको स्वर छ । गीतमा निरनको गीतार, मञ्जिलराज श्रेष्ठको ड्रम, गोविन सुनुवारको गितार, लक्ष्मण डंगोलको बास गितार र सुरेश महर्जन डंगोलको पर्कसन सुन्न सकिन्छ ।

भिडियोमा भावना बराइली र गायक निरन फिचर्ड छन् । धिरज काफ्ले प्रोडक्सन डाइरेक्टर रहेको भिडियोमा आशिष घिमिरेको भीएफएक्स र कम्पोजिसन, धिरज काफ्लेको भीएफएक्स र एनिमेसन सुपरभिजन, आशिष घिमिरे र अनोष गिरी सुनुवारको एनिमेसन, बिषी गुरुङ र आशिष घिमिरेको टुडी एनिमेसन, आनोस गिरी, विशाल गुरुङ र आशिष घिमिरेको एनिमेसन, आशिष घिमिरे, रुपेश पण्डित र बबिन बुढाथोकीको रोटोस्कोपिङ र आशिष घिमिरेको क्रोमा छ ।

भिडियो अनुप्रस्थ बेण्ड अफिसियलबाट रिलिज गरिएको हो । झण्डै १५ सयको हाराहारीमा उपस्थित दर्शकमाझ व्याण्डले १५ वटा गीत गाएको थियो ।

सन् २००८ मा ‘स्प्राइट व्याण्ड च्यालेञ्ज’को उपाधि जितेपछि यो व्याण्ड चर्चामा आएको हो । त्यसयता व्याण्डले विभिन्न गीतहरु संगीत पारखीलाई दिइसकेको छ ।

भिडियो अनुप्रस्थको डिजिटल सामाग्रीको उत्पादन तथा बजार व्यवस्थापन गरेको पीभीई नेटवर्कले भिडियो सार्वजनिक कार्यक्रमको व्यवस्थापन गरेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  २ : ४५ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका