सेयर लगानीसम्बन्धी विवाद हुँदा भिनाजुको हत्या | Khabarhub Khabarhub

सेयर लगानीसम्बन्धी विवाद हुँदा भिनाजुको हत्या


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा भिनाजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार प्रहरीले ५४ वर्षीय प्रमोद रेग्मीको हत्या आरोपमा उनको सालो निरज खातीलाई पक्राउ गरेको हो । धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी निरजलाई सार्वजनिक गरेका हो ।

व्यवसायी रहेका रेग्मीको गत माघ १३ गते क्षिरेशवरनाथ नगरपालिका ७ स्थित कोठामा हत्या भएको थियो । मृतक रेग्मी उदयपुर त्रियुगा नगरपालिकाका बासिन्दा हुन् ।

उनले क्षिरेश्वरनाथ नगरपालिकामा व्यवसाय गर्दै आएका थिए ।

निरजले सेयर लगानी सम्बन्धीको विवादमा रिसईबी राखी अत्याधिक मदिरा सेवन गराई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रेग्मी मदिरा सेवन गरी मातेपछि निरजले लठीले टाउँको प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेकाे धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भट्टले जानकारी दिए ।

पक्राउ परेका निरजलाई अदालतबाट म्याद थप गराई विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ६ : ३६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका