भागरथी हत्याको अनुसन्धान तीव्र बनाउन काँग्रेसको माग | Khabarhub Khabarhub

भागरथी हत्याको अनुसन्धान तीव्र बनाउन काँग्रेसको माग


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटना अनुसन्धान तीव्र बनाउन सरकारसँग माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका हुन् ।

‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद् र गम्भीर रूपमा लिएको छ,विज्ञप्तिमा शर्माले भनेका छन्,‘अतः अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ ।’

यसैबीच कांग्रेसले भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पार्टी नेतालाई खटाएको छ ।

प्रवक्ता शर्माका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको हो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ६ : २१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका