नागरिक समाजका अगुवाले सडकमा उत्रिएर भने : विधिको शासन कायम गर (भिडियोसहित) | Khabarhub Khabarhub

नागरिक समाजका अगुवाले सडकमा उत्रिएर भने : विधिको शासन कायम गर (भिडियोसहित)


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रवार माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको हो ।

विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गरलगायतका नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरूले प्रतिनिधिसभा विघटन कदमको विरोध गरेका हुन् ।

हेरौँ भिडियो

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजीवी एकै ठाउँमा आउनुपर्ने बताए । सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको भन्दै उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि सबै लोकतन्त्रवादीलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले नागरिकले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल, मर्म, स्वतन्त्रता र नागरिक अधिकार सरकारले खोसेको बताए । उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको आरोप लगाए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : ०६ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट