अजय र राम चरणसँग भिड्दै डेनियल क्रेग | Khabarhub Khabarhub

अजय र राम चरणसँग भिड्दै डेनियल क्रेग


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–सन् २०२१ बलिउडका लागि विशेष छ, किनकी यो वर्ष मेगा बजेटका थुप्रै फिल्म प्रदर्शनको तयारीमा छन् । बलिउड अभिनेता अजय देवगनको ‘मैदान’ र साउथ सुपरस्टार जूनियर एनटीआर र राम चरण अभिनित फिल्म ‘आरआरआर’ एकैदिन रिलिज हुँदैछन् ।

यहीबीचमा यी दुई फिल्म रिलिज भएकै दिन हलिउड स्टार डेनियल क्रेगको अन्तिम जेम्स बोण्ड सिरिज फिल्म ‘नो टाइम टू डाई’ पनि रिलिज हुँदैछ । यी तिनै फिल्म दशैंको लामो बिदामा रिलिज हुन लागेका हुन् ।

बक्सअफिसमा एकैदिन तीन ठूला स्टारको फिल्म रिलिज हुने भएपछि यसको पीडा र तनाव अहिले निर्मातालाई बढी परेको छ । यसअघि अमिताभ बच्चनको फिल्म ‘तुफान’ र ‘जादुगर’ एकैदिन रिलिज हुँदा दुवै फिल्म फ्लप भएका थिए ।

डेनियलको फिल्म ‘नो टाइम टु डाई’ यसअघि नै रिलिज हुने पूर्वघोषित योजना भए पनि कोरोना भाइरसको महामारीका कारण एक वर्ष रिलिज स्थगित गर्नुपरेको थियो ।

त्यहीकारण इण्डियन डिस्ट्रिब्यूसन नेटवर्क यो फिल्मलाई सन् २०२१ को कुनै ठूलो विदामा रिलिज गर्ने सोच बनाइरहेका छन् । त्यहीकारण उनीहरु दशैंको माहौलमा फिल्म ल्याउने तयारीमा छन् ।

निर्माता बोनी कपूर र जी स्टुडियो ‘मैदान’ र ‘आरआरआर’ को हुन लागेको प्रतिष्पर्धाबाट खुशी छैनन् । त्यसमाथि ‘नो टाइम टू डाई’पनि आउने भएपछि उनी दुई गुना दुःखी बनेका छन् । यदि यी तीन फिल्म एकसाथ रिलिज हुने अवस्था बन्यो भने ‘मैदान’का निर्माता नयाँ मिति खोज्ने योजना बनाइरहेका छन् ।
–एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : ४५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न