संसद विघटनविरुद्ध महिलाहरुद्वारा पृथक शैलीको प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

संसद विघटनविरुद्ध महिलाहरुद्वारा पृथक शैलीको प्रदर्शन (भिडियोसहित)


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै नागरिक समाजका अगुवाहरुले मंगलबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको विरोध प्रदर्शनमा कलाकार, लेखक तथा सर्वसाधारणहरु सहभागी भएका थिए ।

प्रदर्शनमा सहभागी भएकाहरुमध्ये महिलाहरुको प्रदर्शन पृथक थियो । उनीहरुले मुखमा ‘असंवैधानिक’ लेखिएको मास्क लगाएर बाजाको तालमा नाच्दै, लयमा लय मिलाउँदै संसद विघटन विरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरूले ‘कानूनमाथि को रैछन् केपी ओली पो रैछन’, ‘जनता रोगले ग्रस्त छन् ओली गफमा मस्त छन्’ जस्ता नारा लगाएका थिए ।

हेरौँ भिडियो

‘पोलिटिकल लिट्रेसी फर वोमेन’का सदस्य रहेका उनीहरुले गरेको फरक शैलीमा विरोधले सबैको ध्यान खिचेको थियो ।

सभालाई नेपाल बार एशोसियसनका अध्यक्षर चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापा, अभियन्ता सीएन थारु, अपांगता समूहका प्रतिनिधि भोजराज श्रेष्ठ, युग पाठक लगायतले सम्बोधन गरेका थिए । उनीहरुले प्रतिनिधिसभा विघटन प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने प्रयत्न भएको आरोप लगाए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ३३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०