बच्चा जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार | Khabarhub Khabarhub

बच्चा जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलु– सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ ।

मङ्गलबार बिहान ११ बजे वडा नं ४ की २८ वर्षीया पवित्रा राईलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्रकुमार यादवले जानकारी दिए ।

जुम्ल्याहा बच्चामध्ये एउटा शिशुको जन्म भए पनि अर्को शिशुको जन्म हुन नसक्दा आमा र शिशु दुवैको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको महिलाको अहिले काठमाडौँको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : २७ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा