भरतपुरको पूरक बजेट पारित | Khabarhub Khabarhub

भरतपुरको पूरक बजेट पारित


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाको सातौँ नगरसभाले रु ५६ करोड ४२ लाख २५ हजारको पुरक बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा रहेको सो बजेटसहित रु चार अर्ब ७२ करोड सात लाख १४ हजार बजेट विनियोजन भएको हो ।

यसअघि छैटौँ नगरसभाले रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार बजेट विनियोजन गरेको थियो । नगरसभापछि आज आयोजित पत्रकार सम्मेलनमा सातौँ नगरसभामा पूरक बजेट ल्याइएको जानकारी दिइएको हो ।

महानगरले अहिले १३० आयोजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र गत आर्थिक वर्षमा ११८ आयोजनामध्ये ९० आयोजना सम्पन्न भइसकेको बताएको छ । अन्य आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको जानकारी दिइएको थियो ।

महानगरले सात आयोजनालाई गौरवको आयोजनाका रूपमा अघि सारेको सो अवसरमा जानकारी दिइयो । जसमा भरतपुर मेट्रो प्लाजा, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, नारायणी नदी किनारमा सि बिच मोडलमा विकास, यातायात कार्यालय स्थापना, खानेपानी आयोजना, मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर, कृषि विकासका लागि यान्त्रीकीकरण रहेको सो अवसरमा जानकारी दिइयो ।

महानगरको सक्रियता र समन्वयमा हुलाकी सडकको स्तरोन्नति, भरतपुर विमानस्थल विस्तार, चौबीसकोठी–मेघौली सडकखण्ड निर्माण र मर्मत, सिटीहल निर्माण, पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माण, स्मार्ट सडकबत्ती जडान, महानगरीय रिङरोड निर्माणजस्ता काम भइरहेको पत्रकार सम्मेलनमा महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन ।

सडक निर्माणतर्फ महानगरले गएको तीन वर्षमा १८५ किलोमिटर सडक नयाँ कालोपत्र गरेको छ भने १७५ किलोमिटर कालोपत्र मर्मत र पुनः कालोपत्र गर्ने काम गरेको दाहालले जानकारी दिइन । यस्तै प्रदेश र सङ्घीय सरकारको बजेटबाट ९० किमी सडक कालोपत्र गरिएको र २१ किमी कालोपत्र मर्मत गरिएको छ । यसैगरी ४०० किमी सडकमा ग्राबेल, एक किमी सडकमा ढलान गरिएको सो अवसरमा जानकारी दिइयो ।

महानगरभित्रको ९५ किमी रिङरोड र लिङ्करोडको काम अघि बढेको दाहालले बताइन । हालसम्म महानगरभित्र १८ वटा वडाको कार्यालय निर्माण र मर्मत गरिएको, चालु आर्थिक वर्षको हालसम्म १२ हजार ८७ पशुमा कृत्रिम गर्भाधान गराइएको, कक्षा ११ र १२ मा विज्ञान विषय अध्यापन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा पाँच विद्यालयलाई विद्यालय बस खरिदका लागि रु २०/२० लाख बजेट विनियोजन गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

कोरोना कहरको समयमा कोरोना अस्पताल सञ्चालनका लागि अनुदान, आइसोलेसन व्यवस्थापन र क्वारेन्टिन व्यवस्थापनका लागि रु चार करोड खर्च भएको महानगरले जनाएको छ । यस्तै महानगरले साउनदेखि मङ्सिर मसान्तसम्म इन्धनमा रु ४२ लाख, सवारी साधन मर्मतमा रु २१ लाख र घर जग्गा भाडावापत रु १५ लाख १९ हजार खर्च गरेको छ ।

दाहालले महानगरको दिगो विकासका लागि केन्द्रको राजनीतिक अस्थिरताले असर नगर्ने बताइन । सबै वडा अध्यक्षसँग समन्वय गरेर विकास कार्यक्रम अघि बढाइएको उनको भनाइ थियो । महानगरका आयोजनामा सबै गुरुयोजनाअनुसार काम भइरहेको उनले जानकारी दिइन । सङ्घीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा काम अघि बढिरहेको भन्दै उनले कृषि क्षेत्रको उत्थानका लागिसमेत महानगर लागिपरेको बताइन ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : २३ बजे

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट