कस्तो होला बाइडन प्रशासनको वैदेशिक सहायता रणनीति | Khabarhub Khabarhub

कस्तो होला बाइडन प्रशासनको वैदेशिक सहायता रणनीति



अमेरिकाको राष्ट्रपतिमा निवार्चित जो बाइडन प्रशासनको अन्तरिम समूहमा विकासका क्षेत्रमा धेरै अनुभव हासिल गरेका व्यक्तिहरू छन् ।

तर, उनीहरू हाल बाँचिरहेको समय उनीहरूले अनुभव हासिल गर्दाको समयभन्दा धेरै फरक छ । गएको चार वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी प्रशासनले वैदेशिक सहायताको राजनीतीकरण र विकास खर्चमा ठूलो कटौती गर्ने नयाँ ढाँचा अख्तियार गरेको छ ।

नयाँ आउने प्रशासनको तत्कालको प्राथमिकता विकाससँग जोडिएका मुद्दादेखि कोभिड–१९ जस्ता विषयसम्म वासिङ्टनको आर्थिक सहायताको दायरा र उसले ल्याउने विदेश नीतिको एजेण्डा कस्तो हुन्छ भन्ने कुराले दर्शाउनेछ ।

ट्रम्प प्रशासनको विकास सहायतामा दृष्टिकोण

हाल भएको जस्तो ट्रम्प प्रशासन सुरु हुने बेला संक्रमणकालसम्बन्धी खासै केही कुराकानी भएको थिएन । युएसएड लगायतका विकास संस्थाहरूलाई ट्रम्प प्रशासनका दौरान आएको पहिलो निर्देशन राष्ट्रिय सुरक्षा रणनीति (एनएसएस) २०१७ मा समावेश थियो जहाँ एनएसएसले वैदेशिक सहायतालाई चीन र रसिया ‘महाशक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा’ जित्ने रणनीतिका रूपमा प्रयोग गर्‍यो ।

उक्त रणनीतिमा अमेरिकाले आफ्ना प्रतिस्पर्धी देशहरूले विकासोन्मुदेशमा सञ्चालन गरेका विकास कार्यलाई लिएर हेर्ने दृष्टिकोणमा नयाँपन ल्याएको थियो ।

चीनले अघि सारेको बीआरआई परियोजना र रसियाको क्रेमलिन डिसइनफर्मेशन क्याम्पेनले विकाससम्बन्धी कार्यमा प्रभाव पार्न सक्ने ठहर गर्दै अमेरिकाको नीति त्यस्ता कार्यलाई जवाफ दिन सक्ने खालको हुनुपर्ने उनीहरूको निचोड थियो ।

बाइडनले आफ्ना विदेशमन्त्रीमा चयन गरेका एन्टोनी बिन्कनले आर्थिक सहयोग विदेश नीतिको केन्द्रमा रहनेबताएका छन् । यसरी हेर्दा अब आउने अमेरिकाको नयाँ प्रशासनले विकासलाई रणनीतिक प्रतिस्पर्धा र राष्ट्रिय सुरक्षाको माध्यम बनाउनेछ । 

यो दृष्टिकोण कार्यान्वयनमा समस्या आयो । एनएसएस कार्यालयमा यससम्बन्धी गरिएको सहमतिको मसी सुक्न नपाउँदै त्यो नीति बदलेर वैदेशिक सहायतालाई आफ्ना विरोधीसँग प्रतिस्पर्धा गर्ने माध्यमका रूपमा विकास गरियो । नीति बद्ल्नु आफैँमा राम्रो भए पनि सौद्धान्तिक रूपमा त्यो विरोधाभासपूर्ण थियो जसका कारण आन्तरिकरूपमा त्यसलाई कहिल्यै सार्वजनिक गरिएन ।

योसँगै वैदेशिक सहायता बाह्य देशमा कार्यान्वयन गर्ने संस्थाहरूलाई पनि अमेरिका पहिलो नीतिपछि भएको बजेट कटौतीले अप्ठेरोमा पारेको थियो ।

बाइडनको विकास दृष्टिकोण

बाइडन प्रशासनले वैदेशिक सहायतालाई विदेश नीतिको एक महत्वपूर्ण पाटोको रूपमा बुझेको छ ।

बाइडनले आफ्ना विदेशमन्त्रीमा चयन गरेका एन्टोनी बिन्कनले आर्थिक सहयोग ‘विदेश नीतिको केन्द्रमा रहने’ बताएका छन् । यसरी हेर्दा अब आउने अमेरिकाको नयाँ प्रशासनले विकासलाई रणनीतिक प्रतिस्पर्धा र राष्ट्रिय सुरक्षाको माध्यम बनाउनेछ ।

यो ट्रम्पले अन्धाधुन्धरूपमा अघि सारेको अमेरिका पहिलो नीतिका तुलनामा धेरै राम्रो हुनेछ । यसले आफ्नो प्राथमिकताको क्षेत्र पहिल्याउँदै प्रतिस्पर्धी देशले विकासका क्षेत्रमा गरेको कामलाई टक्कर दिनेछ । प्रारम्भिक चरणमा यसले समावेश गर्ने क्षेत्र यस्ता हुनेछन् –

— कोरोनासँगै देखापरेको स्वास्थ्य क्षेत्रको समस्या समाधानमा यसको चासो   हुनेछ, जसमा युएसएडले महामारीका विषयमा गर्ने पूर्वानुमान कार्यक्रम समावेश हुनेछ । विश्व स्वास्थ्य क्षेत्रमा अमेरिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विश्वभर नै भ्याक्सिन वितरणमा प्रतिबद्धता जनाउनेछ ।

— निरंकुशवादी शासनको बोलबाला बढ्दै जाँदा प्रजातान्त्रिक शासन प्रणालीलाई प्रभावकारी बनाइनेछ । यसका लागि स्थानीयस्तरको भष्ट्राचार निरुत्साहित गर्दै गलत सूचनाका कारण पर्ने प्रभाव न्यूनीकरणतर्फ लगिनेछ ।

 

— महामारीका कारण डिजिटलरूपमा सम्पर्क गुमाएका स्वास्थ्य र शिक्षा क्षेत्रलाई जोड्ने काम गरिनेछ । यसका लागि युएसएडको २०२० डिजिटल रणनीति र डिजिटल विकास सिद्धान्तले सहयोग पुर्‍याउनेछन् ।

— विश्वमा रहेका पिछडिएका क्षेत्रका युवाहरूलाई कोरोना महामारीले थपेको चुनौती सम्बोधन गर्ने प्रयास गरिनेछ ।  संयुक्त राज्य अमेरिकालाई शिक्षा क्षेत्रमा चुनौती दिने उसका प्रतिस्पर्धी देशलाई पछाडि धकल्ने रणनीति अख्तियार गरिनेछ ।

बाइडनको समूहले अरू के सोच्दै छ होला ?

अमेरिकामा आउँदै गरेको नयाँ प्रशासनका विषयमा धेरै कुरा भनिसकिएको छ जसले पूर्वप्रशासनले अमेरिकाको बहुपक्षीय सङ्गठनमा पुर्‍याएको नकारात्मक प्रभाव कम गर्दै क्षति न्यूनीकरण गर्ने दिशामा काम गर्ने अपेक्षा गरिएको छ । योसँगै महत्वपूर्ण विषय भनेको यी संस्थाले विकासमा मानक निर्धारण गर्न सहयोग पुर्‍याउनेछन् ।

इन्टरनेट कनेक्सन र डिजिटल शिक्षाजस्ता क्षेत्रमा अमेरिकाका प्रतिस्पर्धी देशले आफ्नो उपस्थिति बहुपक्षीय सङ्गठनहरूमा प्रभाव जमाइसकेका छन् । अब अमेरिकाको नयाँ प्रशासनले सहस्राब्दी विकासका (एसडीजी) क्षेत्रमा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) मार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ ।

एसडीजीले अमेरिकालाई शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा काम गर्न प्रस्थान बिन्दुको काम गर्छ । यसले अमेरिकी सरकारको आन्तरिक नीति बाह्य क्षेत्रमा फैलाउन पनि सहयोग गर्नेछ ।

बाइडन प्रशासनले संयुक्त राष्ट्रसंघ, विदेश मन्त्रालय र युएसएडसँगै मिलेर काम गर्नुपर्ने हुन्छ । यसका लागि खास जानकारीमा नआएका विकास साझेदारसँग मिलेर काम गर्नपर्छ । आर्थिक साझेदार तथा विकास (ओइसीडी), अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू), संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान र सांस्कृतिक संघ (युनेस्को) लगायतका संस्थासँग साझेदारी गर्नुपर्छ ।

यी संस्थासँगको सहकार्यबाट क्षेत्रगत विकासका लागि महत्वपूर्ण हुने साझा कार्यक्रम गर्न सकिन्छ । यसो गर्न सक्दा बहुपक्षीयतावाद फेरि उकास्न सकिनेछ ।

किन महत्वपूर्ण छन् विकास साझेदारका मुद्दा ?

विकास सहायताहरू राष्ट्रिय सुरक्षा र विदेश नीति अघि बढाउन महत्वपूर्ण उपकरण हुनसक्छ । यसको महत्व कम छैन, यो किन पनि भने कम विकसित देशलाई सहयोग गर्दा उनीहरू रणनीतिक साझेदार बन्ने सम्भावना बढी हुन्छ जसका कारण आफू अनुकूलको गठबन्धन बनाउन मद्दत पुग्नेछ ।

अमेरिकामा आउँदै गरेको प्रशासन स्वयंले आफ्नै नीति प्रक्रियाको नजरबाट सबै कुरा हेर्नेछ यद्यपि उसले के सोच्नुपर्छ भने शिक्षा, स्वास्थ्य र शासन व्यवस्थाका क्षेत्रमा गरिएको सहायता भूराजनीतिक प्राथमिकता निर्धारणका लागि उत्तरदायी हुन्छ ।

यसको मतलब यी क्षेत्रमा गरिएका लक्षित कार्यक्रमले संयुक्त राज्य अमेरिका र उसका रणनीतिक प्रतिस्पर्धीले गर्ने कामको दायराबीच अन्तर बढ्नेछ । स्थिर, एकजुट र रणनीतिक तरिकाले त्यसो गर्दा अमेरिकाको लक्ष्य र चासोहरू अघि बढाउने प्रयासमा मद्दत मिल्नुका साथै विकासका काम पनि सुनिश्चित हुनेछ ।

(कर्डेल अमेरिकाको वैदेशिक सहायता संघका वरिष्ठ नीति सल्लाकार हुन् । डिसेम्बर ३०, २०२० मा काउन्सिल अन फरिन रिलेसन्समा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : १० बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय