कतारमा काम गरेका १४ नेपालीको ४४ लाख रूपैयाँ स्वदेश फर्केपछि भुक्तानी | Khabarhub Khabarhub

कतारमा काम गरेका १४ नेपालीको ४४ लाख रूपैयाँ स्वदेश फर्केपछि भुक्तानी


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारको दुई कम्पनीबाट १४ जना नेपाली श्रमिकले  पाउनुपर्ने बाँकी तलव उठाएर नेपाल पठाइएको छ ।

विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाखभन्दा बढी रकम नेपाल पठाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

१२ जना अल बन्दारी ईञ्जिनियरिङ कम्पनीमा काम गरेकाहरु तथा अन्य दुई जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेका नेपालीहरूको रकम नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उनीहरुले तलव सुविधा लगायत नियमानुसार प्राप्त गर्नुपर्ने बाँकी १ लाख ४४ हजार ६९ कतारी रियाल कन्सुलर सेवा विभाग, काठमाडौंमा पठाइएको दूतावासले जनाएको छ ।

रकम कन्सुलर सेवा विभागबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि त्यहाँबाट सजिलै प्राप्त गर्न सकिने दूतावासले जनाएको छ ।

अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेर नेपाल फर्किएकाहरुमा प्यूठानका रमला बुढामगर, बाँकेका रियाज अहमद खान र ईशरायल नाउ, झापाका सञ्च कुमार लिम्वू, संखुवासभाका रोशन थापाको रकम नेपाल पठाइएको छ ।

यस्तै सल्यानका रेवन्त विक र हेमराज रोक्का, खोटाङका राजु तामाङ, तनहुँका गण्ट बहादुर गुरुङ, धनुषाका शत्रुधन यादव तथा अशोक कुमार मण्डल र रूकुमका नैनवीर विकेले पारिश्रमिक बापत पाउनुपर्ने रकम स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

यसैगरी अल डल्ला क्लीयरिङमा काम गरेका दोलखाकी फूलमाया तामाङ र भोजपुरका सञ्जय सुतार कार्कीको रकम पनि पठाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ४१ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय