यस्तो छ मासुको अचार बनाउने तरिका | Khabarhub Khabarhub

यस्तो छ मासुको अचार बनाउने तरिका


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो खसीको मासु (छाला बासो नभएको), तोरिको तेल आवश्यकता अनुसार, १० ग्राम सुकेको रातो खोर्सानी भुटेर पिँध्नु, २५/२५ ग्राम जिरा, धनियाँ, रायो वा मुलाको बिउ (दाना) भुटेर पिँध्नु, नुन, बेसार, चूक अमिलो आधा चम्चा, ५०/५० ग्राम अदुवा पीस गरेको ।

बनाउने तरिका

मासु सफा गरी नुन बेसार राखेर पाक्ने गरी उसिन्नु र पानी निचोरेर लामो मसिनो पीस गर्नु । अब तेल तताई राम्रो कडा हुने गरी फ्राई गर्नु । अदुवा, लसुन पनि फ्राई गर्नु र बचेको तेलमा सबै मसला अदुवा, लसुन, अमिलो राखी चलाउनु र सुख्खा सीसीमा राख्नु । तेल नपुगेमा अर्को तताई डुब्ने गरी राख्नु तेलमा । यसरी बनाएको अचार ५/६ महिनासम्म राखी खान सकिन्छ । सीसीबाट निकाल्दा चम्चा चिसो हुनु हुँदैन । यो अचार खसी बाहेक चिकेन वा वफको पनि बनाउन सकिन्छ । तर बफ बनाउँदा अलिकति टिमुरको धुलो राख्नु पर्छ । अन्य मसला सोही अनुसार राख्नुपर्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : १५ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार