हत्याको घटनाले जिल्लामा त्रास | Khabarhub Khabarhub

हत्याको घटनाले जिल्लामा त्रास


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ । अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।

बङ्गुर फ्रेस हाउस चलाउँदै आउनुभएका उनको घाटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । बडादसैंकै बीचमा मगर हत्याको घटनाले जिल्लामा थप त्रास सिर्जना भएको छ ।

परिवारले उनको साथमा रु दुई लाख रकम भएको जनाएको छ । परिवारका अनुसार उनले सोही दिन मात्र दुईवटा बङ्गुरको मासुसमेत बिक्री गरेका थिए । सोही पैसा लुट्न उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ०० बजे

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको