सीमा क्षेत्रमा बढ्यो चहलपहल : दशैँ मनाउन स्वदेश फर्कदै नेपाली | Khabarhub Khabarhub

सीमा क्षेत्रमा बढ्यो चहलपहल : दशैँ मनाउन स्वदेश फर्कदै नेपाली


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– दशैँ सुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरू फर्कने क्रम बढेको छ ।

रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरू यतिबेला स्वदेश फर्किरहेका छन् । भारतमा रहेका नेपालीहरू चाडपर्वको बेला स्वदेश फर्कने गरेका छन् ।

गत वर्ष कोभिड-१९ को जोखिमका कारण स्वदेश फर्कने नेपालीको संख्यामा भने कमी आएको थियो । बडादशैँ सुरु भएसँगै दैनिक सात सय बढी नेपाली चाडपर्व मनाउन नेपाल प्रवेश गरिरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।

चाडपर्व सुरु भएसँगै नेपाल प्रवेश गर्ने नेपालीको संख्यामा वृद्धि भएको छ । स्वदेश फर्केका नेपालीलाई सहजता प्रदान गर्नका लागि बेलहियास्थित भैरहवा भन्सार कार्यालय नजिकै यात्रु नागरिक सहायता कक्ष राखिएको छ । त्यस्तै चाडपर्व सुरु भएपछि अहिले किनमेलका लागि भारतीय बजार सुनौली र नौतनवा पुग्ने नेपालीका कारण त्यहाँको बजार क्षेत्रमा समेत चहलपहल बढेको छ ।

त्यस्तै वडादशैँ, दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनको लागि कार्यालयले योजना कार्यान्यवनमा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

योजनाअन्तर्गत कोरोना भाइरस, चाडपर्वमा हुन सक्ने विसंगती, विकृतीविरुद्ध प्रहरी परिचालन, सीमा क्षेत्रमा कडा चेकजाँचको व्यवस्था गरी तस्करीलाई कारवाही, प्रत्येक प्रहरी इकाइमा प्रहरी टोली (क्यूआरटी) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

त्यस्तै चाडपर्वको समयमा पटका, आतसबाजीको प्रयोग गर्न नदिन र गर्नेलाई पक्राउ गरी कारवाही गर्ने, सबैखाले जुवाजन्य खेलहरू, चन्दा लगायतका गतिविधिहरूको सूचना संकलन गरी प्रहरी परिचालन, राजमार्गहरूमा रात्रीको समयमा सुरक्षाको व्यवस्था, बन्द रहने सरकारी कार्यालय, तथा संघ-संस्थाका सुरक्षा गार्ड-कार्यालय सहयोगीहरूसँग समन्वयसहितको सुरक्षा व्यवस्था मिलाउने थापाले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ५० बजे

गेटा आँखा अस्पतालमा सत्र हजारको आँखाको शल्यक्रिया   

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा

मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक हिन्दुत्वको कार्ड फ्याँकेर

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार संगठन

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ– तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ ।