रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो | Khabarhub Khabarhub

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– दशैँमा फलपूmलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

सो नाकाबाट ठुलो परिमाणमा स्याउ भित्रिएसँगै दशैँका लागि नेपाली बजारमा फलफूलको आपूर्ति व्यवस्था सहज हुने भएको छ । नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरागरी धमाधम काठमाडौँ लाने क्रम सुरू भइरहेको सूचना अधिकारी चौधरीले बताए ।

चाडपर्वमा फलफूलको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोशाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातमा पहिलो प्राथमिकता दिँदै आएको पाइएको छ । आम उपभोक्ताको चाहना एवम् राजधानी काठमाडौँलगायत व्यवसायीक क्षेत्रको मागका आधारमा चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए ।

चीनको उत्पादक कम्पनी वा फर्मलाई नेपाली व्यवसायीले सामान अर्डर गरे पश्चात् ढुवानी सेवामा कार्यरत सबैभन्दा ठूलो चिनियाँ कम्पनी मुसा टान्सपोर्टले रसुवागढी पुर्‍याइ छिटोछरितो सेवा दिँदै आएको बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ८ : ५५ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै