काठमाडौँ महानगरको भूमिगत तलासहितको ८ तले भवन शिलान्यास | Khabarhub Khabarhub

काठमाडौँ महानगरको भूमिगत तलासहितको ८ तले भवन शिलान्यास


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको सुविधासम्पन्न आफ्नै केन्द्रीय भवन बन्ने भएको छ ।

भूमिगत तलासहितको ८ तले सो भवनको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे। हालको वातावरण विभाग रहको जमिनको करीब ६ रोपनी क्षेत्रफलमा सो भवन भन्न लागेको हो । भवनको शिलान्यास गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी दिए ।

‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्रही मैत्री हुनुपर्छ भनेर त्यहि अनुसार अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन चाहेका थियौँ । विभिन्न कारणले त्यहाँ केन्द्रीय भवन बनाउन सम्भव भएन । आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो ।’

उनले हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि गुनासो गरे । उनले राम्रो कामको सुरुवात गर्न समयसिमा नुहने भन्दै आफ्नै कार्यकालमा सिलान्यास हुँदा खुशी लागेको बताए ।

‘रुख रोप्नु ठूलो कुरा हो,’ उनले भने, ‘यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन । त्यसैले हामीले रुख रोपेका हौँ । रुखको फल कस्ले खान्छ भन्ने ठूलो कुरा होइन ।’

त्यस्तै सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिए । ‘अहिले महानगरपालिकाका कार्यालय धेरै ठाउँमा छरिएर रहेकाले सेवाग्राहीलाई सेवा लिन समस्या हँदै आएको छ,’ शाक्यले भने, ‘हामीले एउटै थलोबाट भोलि होइन आज, आज होइन अहिले नै सेवा दिनुपर्छ भन्ने प्रतिवद्धता अनुसार हामीले सेवा दिन सकिरहेका थिएनौँ । अब यो भवन निर्माणपछि सेवा सहज र सुलभ हुने र सबैले एउटै स्थानबाट सेवा प्राप्त गर्ने अपेक्षा गरेका छौँ ।’

महानगरपालिकाले दिएको जनकारी अनुसार करीब ६ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकलका लागि पार्किङको व्यवस्था गरिएको छ । भूकम्प प्रतिरोधी सो भवनको भवन मापदण्ड अनुसार वरीपरी ५ मिटर छाडिएको छ भने भूमिगत तलामा भविष्यमा थप २५ वटा गाडी मेकानिकल प्रविधिबाट थप गर्न सकिने छ ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई ध्यानमा राख्दै समय सापेक्ष ढंगबाट सो भवनको डिजाइन तयार गरिएको जानकारी दिए ।

‘काठमाडौँ महानगरपालिकामा प्रचलित परम्परागत चोकको अवधारणामा आधारित डिजाइन तयार गरेका छौँ,’ बस्नेतले भने, ‘प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन/कर्मचारी/आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । त्यसैगरी पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग गर्न सकिने गरि आपतकालीन मार्ग तथा सुरक्षित भर्याङ रहेका छन् ।’

त्यसैगरी आकाशे पानी संकलन तथा पर्याप्त फिल्टरेशन प्रणाली सहितको रिचार्ज पिट समावेश गरिएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

‘भवनको जमिन तलादेखि सता तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै हल निर्माण गरिने छ,’ काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर प्रेमबहादुर श्रेष्ठले भने, ‘भवनको मोहोडा आधुनिक शैलीको हुनेछ । यो भवन ९२ हजार ६८ वर्गफुटको निर्माण हुँदैछ ।’

भवन अपाङ्ग र जेष्ठ नागरिकमैत्री हुनेछ । ‘अपाङ्गता भएका र जेष्ठ नागरिकका लागि १० जना क्षमताका दुई वटा लिफ्ट हुनेछ,’ उनले भने, ‘यो भवन २०८० असोज मसान्तासम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ ।’

उनकाअनुसार भवनको कार्यादेश ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालीले तयार पारेको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : १२ बजे

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३

कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने