मोटोपन हटाउने उपयोगी टिप्स | Khabarhub Khabarhub

मोटोपन हटाउने उपयोगी टिप्स


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अव्यवस्थित जीवनशैली र खानपिनले मानिसहरुमा मोटोपनको समस्या बढ्दै गएको छ । तर मोटोपन घटाउन भने मानिसहरु बिभिन्न उपाय र औषधिको प्रयोग गर्दछन् । तर यो स्वस्थ्यकर हुँदैन । साथै यसले मोटोपन पनि घटाउन सक्दैन ।

खानेकुरा र जीवनशैलीमा सामान्य परिवर्तन गर्न सकेमा मात्र मोटोपनबाट बच्न सकिन्छ । अव्यवस्थित जीवनशैलीका कारण मोटोपन मात्र होइन, अन्य विभिन्न रोग पनि लाग्न सक्छ । त्यसैले खानपिन र व्यायाम सबैभन्दा महत्वपूर्ण हुन्छ । मोटोपन नियन्त्रण गर्न खानपिनमा ध्यान दिनुपर्ने हुन्छ ।

– तौल घटाउन नियमित व्यायाम गर्ने ।
– बिहान सबेरै हिँड्ने बानी बसाल्ने ।
– व्यायामपछि नियमित नुहाउने ।
– खाना नखाएर मोटोपन घट्दैन तर ठिक्क खाना खाने ।
– दिनभरिमा ३/४ पटकभन्दा बढी केही पनि नखाने ।
– नियमित एउटै समयमा खाना खाने ।
– एकैपटकमा धेरै खाना नखाने ।
– भोक धेरै लागेको बेला कम क्यालोरी दिने खानेकुरा मात्र सेवन गर्ने ।
– गाँजर, काँक्रो, कागतीको सर्बतलगायत फलफूल र जुस सेवन गर्ने ।
– खानामा नूनको मात्रा कमै प्रयोग गर्ने ।
– बेलुकाको खान सबेरै खाने तर खानेबित्तिकै नसुत्ने ।

मोटोपन घटाउन, डाइटिङ सुरु गरेको एक–दुई हप्तासम्म छटपटी लाग्ने, मिठो, अत्यधिक क्यालोरी दिने खाद्य पदार्थ खान मन लाग्ने हुन्छ । त्यस्तै निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षण देखापर्न सक्छ । त्यसैले तौल घटाउने दृढ संकल्प लिएर सोहीअनुसार काम गर्नुपर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १२ : ०१ बजे

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग