यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणमा १४ जना दोषी | Khabarhub Khabarhub

यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणमा १४ जना दोषी

३ जना बर्खास्त हुने, ११ जनालाई विभागीय कारबाही



काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र लिक भएको (परीक्षा अगावै बाहिरिएको) पुष्टि भएको छ ।

प्रश्नपत्र लिक भएको आशंकामा छानविन लागि गठित समितिले प्रश्नपत्र लिक भएको ठहर गर्दै तीन जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरेको छ ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको संयोजकत्वमा गठन भएको छानविन समितिले बुधबार बिहान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ ।

छानिवन समितिका एक सदस्यका अनुसार ५५० पृष्ठको प्रतिवेदनमा प्रहरी नायव निरीक्षक (सई) जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई जागिरबाट हटाउन सिफारिस गरिएको छ । स्रोतका अनुसार उनीहरू आजै बर्खास्त गरिनेछन् ।

त्यसैगरी, छानबिन समितिले यूएन शाखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरा र प्रहरी नायव उपरीक्षक (डीएसपी) रूपेश खड्कासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । छानविन समितिले लिक भएको प्रश्नपत्र ११९ जना परीक्षार्थीको हातमा पुगेको निष्कर्ष निकालेको छ ।

छानविन समितिका एक सदस्यले भने, ‘समितिले गरेको अनुसन्धान अनुसार ११९ जनासम्म परीक्षार्थीको हातमा प्रश्नपत्र पुगेको देखिएको छ ।’ ती सदस्यका अनुसार छानबिनका क्रममा ३६ जनालाई बोलाएर सोधपुछ गरिएको थियो ।

ती सदस्यले भने, ‘हामीले घटनाको डिटेलमा अनुसन्धान गरेर तीन तहको सुझाव दिएका छौँ, पहिलोमा घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको सिफारिस गरिएको छ, दोस्रोमा परीक्षा रद्द गर्न सिफारिस गरिएको छ, तेस्रोमा यूएन शाखालाई व्यवस्थित र सुरक्षित बनाउन भनिएको छ ।’

उनका अनुसार प्रश्नपत्र लिक गर्नेमा हबल्दार कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बम मुख्य दोषी ठहरिएका छन् । उनीहरू दुवैलाई नियन्त्रणमा राखेरा अनुसन्धान गरिएको थियो ।

एसपीको घर्राबाट युएन मिसनको परीक्षाको प्रश्नपत्र चोरी भएको पुष्टि

ती अधिकारीका अनुसार प्रश्नपत्र यूएन शाखाका एसपी राणाले आफू बस्ने टेबुलको घर्रामा राखेर चाबी लगाएर हिँडेका थिए । कार्यालय सहयोगीले अर्को चाबी प्रयोग गरेर घर्रा खोली प्रश्नपत्र निकालेर एक जना प्रहरी हवल्दारलाई दिए ।

प्रहरी प्रवक्ता कुँवरले प्रश्नपत्र लिक भएको घटनामा संलग्न दोषीलाई कारबाहीको सिफारिससहित छानविन समितिले प्रतिवेदन बुझाएको बताए । उनले भने, ‘घटनाका दोषीलाई कारबाही, अहिले लिइएको परीक्षा रद्द गर्नेलगायत सुझाव सहितको प्रतिवेदन आएको छ । दोषीलाई आवश्यक कारबाही हुन्छ ।’

यही साउन १५ र १६ गते प्रहरी प्रधान कार्यालय तथा सात वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय जना सहभागी थिए ।

यूएन मिसनको प्रश्नपत्र एसपीको घर्राबाट लिक ! दुई जना पक्राउ

प्रहरी प्रवक्ता कुँवरका अनुसार प्रश्नपत्र ‘लिक’ भएको कुरा आएपछि प्रहरी प्रधान कार्यालयले साउन १६ गते नयाँ प्रश्नपत्र तयार गरेर तोकिएको समयभन्दा डेढ घण्टा ढिलो परीक्षा लिएको थियो ।

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : २० बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर