पूरा होला त चैतसम्ममा सबैलाई खोप लगाउने सरकारी लक्ष्य ! | Khabarhub Khabarhub

पूरा होला त चैतसम्ममा सबैलाई खोप लगाउने सरकारी लक्ष्य !



काठमाडौँ– सरकारले आफ्नो ‘साझा न्यूनतम कार्यक्रम’ मा आगामी असोजसम्ममा एक तिहाईलाई र चैतसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भनेको छ ।

हालको कुल जनसंख्यामा एक तिहाई करिब १ करोड ६७ हजार हो । यसमा १८ वर्ष उमेरमाथिका नागरिक पर्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ७१ लाख ३१ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यीमध्ये २६ लाख ५ हजार जनाको खोप पूरा भएको छ, ४५ लाख ६२ हजारले दोस्रो खोप लगाउन बाँकी छ ।

यसरी हेर्दा कुल जनसंख्यामध्ये १५ प्रतिशतले खोप लगाएका भए पनि र १ दशमलव ६ प्रतिशतको मात्रै खोपको मात्रा पूरा भएको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले सबै नागरिकका लागि खोप ल्याइदिएको भन्दै खुरुखुरु लगाइदिन सरकारलाई आदेशमूलक सुझाब दिए ।

उनले भने, ‘मेरो सरकारले खोप ल्याएको छ, थुपारिदिएको छ, लगभग एक करोड खोप स्टकमा छ, खुरुखुरु लगाइदिनुस् न ।’

आगामी दुई महिनामा साताभित्र एक तिहाई जनसंख्यालाई खोप लगाउन कति खोप चाहिन्छ ? यो लक्ष्य पूरा हुन सम्भव छ ?

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार एक तिहाई जनसंख्यामा खोपको दुबै मात्रा पूरा हुन करिब ८० लाख मात्रा खोप आवश्यक पर्छ । उनले सरकारको लक्ष्य पूरा हुन असम्भव नरहेको बताए ।

गौतमका अनुसार एक तिहाई जनसंख्यालाई खोप पु¥याउन बाँकी खोप खरिदको प्रक्रिया पाइपलाइनमा छ र खरिद प्रक्रिया प्रक्रिया अनुसार खोप आए लक्ष्य पूरा हुन्छ ।

यसैगरी, साझा न्यूनतम कार्यक्रममा चैतमसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोपको व्यवस्था गर्ने भनिएको छ ।

सरकारले भनेझैँ खोप लगाउन योग्यमा हाल लगाइरहेका १८ वर्षमाथिका करिब २ करोड नागरिक पर्छन् । डा. गौतमका अनुसार चैत मसान्तसम्म खोप लगाउन योग्य करिब २ करोड नागरिकका लागि करिब थप ३ करोड डोज खोप आवश्यक पर्छ ।

१ करोड ८ लाख मात्रा आयो

सरकारले खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत खोप ल्याइरहेको छ । हालसम्म १ करोड ८ लाख ६० हजार मात्रा खोप प्राप्त भएको डा. गौतमले खबरहबलाई बताए ।

यसमध्ये कोभ्याक्स सुविधाअन्तर्गत भारतबाट कोभिसिल्ड ३ लाख ४८ हजार, जापानबाट एस्ट्राजेनेका ८ लाख ४७ हजार, अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० गरी २७ लाख ३० हजार मात्रा खोप प्राप्त भएको छ ।

सरकारले खरिद गरेको १० लाख कोभिसिल्ड र चीनबाट भेरोसेल ४० लाख गरी ५० लाख मात्रा खोप आइसकेको छ । अनुदानमा भारतबाट ११ लाख, चीनबाट १८ लाख, भुटानबाट २ लाख ३० हजार गरी जम्मा १ करोड ८ लाख ३० हजार मात्रा खोप प्राप्त भएको छ ।

आउन बाँकी खोप

चीनबाट अनुदानमा १६ लाख मात्रा र खरिद गरेर ६० लाख भेरोसेल खोप भदौ मसान्तसम्म आउने तालिका छ । भारतबाट खरिद गरिएको कोभिसिल्ड खोपको १० लाख र जापानबाट एस्ट्राजेनेकाको ८ लाख मात्रा केही दिनामा आउने तालिका रहेको डा. गौतमले बताए ।

कुन खोप कतिले लगाए

मन्त्रालयका अनुसार यही साताको सोमबारसम्म ७१ लाख ३१ हजार ४८१ जनाले खोप लगाएका छन् । हालसम्म २३ लाख ९३ हजार ८४ जनाले कोभिसिल्ड खोप लगाएका छन् ।

यसमा १८ लाख ६८ हजार ४२५ जनाले पहिलो मात्रा र ५ लाख २४ हजार ६५९ जनाले दोस्रो मात्रा समेत लगाएका छन् । त्यस्तै ३५ लाख १५ हजार ६४७ जनाले भेरोसेल खोप लगाएका छन् ।

यसमा पहिलो मात्रा खोप लगाउनेको संख्या २६ लाख ५७ हजार १० छ, दोस्रो मात्रा समेत लगाउनेको संख्या ९ लाख ३८ हजार २३ छ ।

यसैगरी, ११ लाख ४३ हजार ३६४ जनाले जोनसोन एन्ड जोनसोन खोप लगाएको मन्त्रालयले जनाएको छ । यो खोप एक मात्रामै पूरा हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ३२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका