वायु सेवा निगमलाई निजीकरण गर्ने पक्रियाबाट पछि हट्न डा. भट्टराईको अपिल | Khabarhub Khabarhub

वायु सेवा निगमलाई निजीकरण गर्ने पक्रियाबाट पछि हट्न डा. भट्टराईको अपिल


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने प्रक्रियाको विरोध गरेका छन् ।

उनले सार्वजनिक अपिल जारीगर्दै निजीकरणको गलत प्रक्रियाबाट सरकारलाई पछि हट्न र यस कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

भट्टराईले निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी कामचलाउ सरकारले प्रपञ्च रचेको आरोप लगाएका छन् ।

‘यसको भित्री अभिष्ट भनेको नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोष्नु रहेको छ । क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ,’ भट्टराईले प्रश्न गर्दै भनेका छन्, ‘उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त सह्य छैन ।’

भट्टराईले सरकारलाई विभिन्न पाँच प्रश्न सोध्दै त्यसको जवाफ पनि माग गरेका छन् । सरकारी क्षेत्रको यति ठूलो संस्थानलाई गरिने निजीकरणले दूरगामी प्रभाव पार्ने उनको निष्कर्ष छ ।

यस्तो छ डा. भट्टराईले गरेको सार्वजनिक अपिल 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १ : ३८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका