रेड पाण्डाको छाला र भालुको पित्तसहित तीनजना पक्राउ | Khabarhub Khabarhub

रेड पाण्डाको छाला र भालुको पित्तसहित तीनजना पक्राउ


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट तीन जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका-४ ठेगाना भएका ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँ ठेगाना भएका ४१ वर्षीय केशव पुन र दाङ शान्तीनगर गाउँपालिका-१ ठेगाना भएका २९ वर्षीय रोबिन बुढा छन् ।

गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले तलासी लिने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त वस्तु फेला परेको थियो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १ : २१ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार