एकता सहमतिलाई 'अन्तिमरुप' दिन एमाले कार्यदल बैठक शुरु | Khabarhub Khabarhub

एकता सहमतिलाई ‘अन्तिमरुप’ दिन एमाले कार्यदल बैठक शुरु


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा बैठक शुरु भएको हो ।

बैठक बिहान ८ बजे बस्ने भनिए पनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा जुटेपछि एक घण्टा ढिलागरी बैठक शुरु भएको हो । नेपाल पक्षीय कार्यदल सदस्यले आन्तरिक छलफलपछि फर्किएपछि कार्यदल बैठक शुरु भएको हो ।

कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

कार्यदल सदस्यहरुले विवाद सहमतिको विन्दुमा पुगेको जनाउँदै आज एकताको सन्देश दिने दाबी गरेका छन् ।

‘निर्णायक’ भनिएको हिजोको बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अवस्थामा पुगेको र अब त्यसलाई औपचारिता दिने बताए ।

उनले भने, ‘कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ यसलाई आज औपचारिकता दिइनेछ, तपाइँहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ ।’

नेता डा.भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताए ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : ०८ बजे

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको