विश्वमा एकैदिन ३ लाख ४७ हजारले जिते कोरोना | Khabarhub Khabarhub

विश्वमा एकैदिन ३ लाख ४७ हजारले जिते कोरोना


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा एकैदिन ३ लाख ४७ हजार ५५ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । यससँगै विश्वमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ करोड १२ लाख २४ हजार ५३० पुगेको छ।

हालसम्म कोरोना संक्रमितको संख्या १८ करोड ७२ लाख ४१ हजार ६५१ पुगेको वर्ल्डोमिटर्सको तथ्यांक छ। गत २४ घण्टाको अवधिमा निको हुने संक्रमित सबैभन्दा धेरै ब्राजिलका ५१ हजार ९२ जना छन्। यस्तै भारतमा ४१ हजार ५९५ जनाले कोरोना जितेका छन् ।

योसँगै भारमा संक्रमण मुक्त हुनेको संख्या २ करोड ९९ लाख ६७ हजार ४७८ पुगेको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्‍या ३ करोड ८३ लाख ६ हजार २३१ पुगेको छ ।

यसैगरी कोरोनाले हालसम्म भारतमा ४ लाख ८ हजार ७२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : ३५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका