‘लिभिङ विथ द भाइरस’ को अर्थ छैन « Khabarhub
Logo
१४ श्रावण २०७८, बिहीबार

‘लिभिङ विथ द भाइरस’ को अर्थ छैन



गत १ अप्रिलमै दोस्रो डोज भ्याक्सिन लगाइसकेको म गत साता कोरोना भाइरसबाट संक्रमित भएँ । म अहिले भाइरससँग बाँचिरहेको छु भन्नुको मतलब नै बेलायतको स्वास्थ्य संयन्त्रको असफल रूप हो । सापेक्षमा चीनको मृत्यु दर हेरौँ, (१.४ बिलियन जनसंख्या), भियतनाम (१०० मिलियन जनसंख्या), अमेरिका (३४० मिलियन जनसंख्या) र बेलायत (६८ मिलियन जनसंख्या) छ । यसै आधारमा ग्राफ हेर्ने हो भने दुई एसियाली देशको डेथ कर्भ एकदमै तल छ ।

बेलायती नेता र तीनका सल्लाहकारले गत वर्ष हामीले भाइरस दबाउन नसक्ने कुरा भनेका थिए । चीन र भियतनामले यो ६ हप्तामा गरे । तिनीहरूले नै हामीलाई यी देशहरूको अनिवार्य रूपमा दोस्रो लहरको सामना गर्नुपर्नेछ भने । ती देशहरुमा आम व्यक्तिले तल्लो तहबाट राम्रो स्वास्थ्य प्रणालीको अभ्यास गरेका कारण त्यहाँ अहिले सामान्य रूपमा संक्रमण फैलिएको पनि छैन ।

२०२० को मार्चमा देखिएको विस्फोटक अवस्थापछि बेलायतमा १३ हप्ताको देशव्यापी लकडाउन, धेरै मानवीय क्षति तथा आर्थिक र मानसिक दुरवस्था देख्यौँ । कुनै पनि पूर्वी एसियाली राष्ट्रले यदाकदा निश्चित स्थानबाहेक देशव्यापी लकडाउन गरेनन् । विश्व बैङ्कको तथ्यांकअनुसार २०२० मा चीनको कुल गार्थस्थ उत्पादन (जीडीपी) २ प्रतिशतले बढ्यो भने भियतनामको २.९ प्रतिशतले । यस बीचमा तथा बेलायतको ९.९ प्रतिशत संकुचन भयो ।

गत गृष्ममा सफल पूर्वी एसियाली देशभन्दा फरक हुँदै बेलायती सरकारले सामुदायिक स्वास्थ्य कमजोर तुल्याउँदै ‘कल सेन्टर आधारित र टेस्ट एन्ड ट्रेस’ प्रणाली निजीकरण गरेको थियो । यसले काम गर्ने सम्भावना थिएन र गरेन पनि । आइसोलेसनको समयमा गरिब व्यक्तिलाई सहायता गर्न कुनै कोष खडा गर्ने कुरा पनि अस्वीकार गरियो ।

नयाँ भेरिएन्टको चुनौती थपिने नै छ । मैले बुझेअनुसार, महामारी सकिएझैँ गरेर जन्मोत्सव र उत्सव मनाउन, पुरस्कृत हुन हतारिनुभन्दा तेस्रो लहरसँग जुध्न योजना बनाउन आवश्यक छ । यो तयारीले नै हामीलाई बचाउनेछ ।

यस कारण गरिब परिवारमा ‘टेस्ट’ र ‘ट्रेस’ गर्नुको साटो सँगै काम गर्ने र खाना खुवाउने काम भयो । कुनै सामुदायिक स्वास्थ्यले नियन्त्रण नगरेर भाइरस सहजै फैलायो र लामो समयको यो दुई लकडाउनले मात्र केही नियन्त्रणमा आयो ।

राष्ट्रवादी उत्साहको ठूलो लहरसहित भ्याक्सिनहरू आइपुगे । प्रधानमन्त्रीले सानले हामी विश्वकै नेता भयौँ भने । पहिला खोप दिन शुरू गर्नु पथ्र्यो । हो, हाम्रो जीपी नेटवर्कले भव्य रूपले यसलाई अगाडि बढायो । तर, स्थानीय अधिकारी र सामुदायिक स्वास्थ्य क्षेत्र भने कुनै आर्थिक सहयोगबाट वञ्चित रहे ।

यसैबीच टेस्ट एन्ड ट्रेस त स्तब्ध भयो नै, निजी सल्लाहकार, टेस्ट कम्पनी र यसका हितैषीको भाग्य चम्कियो । यो ३७ बिलियन खर्च त एक दशकमा सिङ्गो बेलायतको सामुदायिक स्वास्थ्य कार्यक्रम बराबरको बजेट हो ।

त्यसैले अहिले यो तेस्रो लकडाउन स्तब्ध र ध्वस्त रोडम्यापसहित अन्त्य हुँदै छ । फेब्रुअरीमा संक्रमण दर कम रहेको समयमा प्रमुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भेलान्स ‘टेस्ट, ट्रेस र आइसोलेट’ महत्वपूर्ण हो भन्ने सल्लाहकार मध्यका एक्लो थिए ।

मे १९ का दिन हामीले १५१७ केश मात्र देख्यौँ तर पनि हाम्रो निष्प्रभावी टेस्ट र ट्रेस सिस्टममा कुनै परिवर्तन भएको छैन । यो मतलबको कुरै बनेन । आइसोलेसनमा रहनेलाई दिने आर्थिक क्षतिपूर्ति अन्य कुनै पनि ओइसीडी देशभन्दा कम थियो । यस कारण फेरि अर्को लहर सुरु भयो ।

यसै सोमबार प्रधानमन्त्रीले १९ जुलाईकै उनकै तथाकथित ‘स्वतन्त्रता दिवस’ को दिनसम्ममा दैनिक संक्रमितको संख्या ५० हजारसम्म पुग्ने बताएका छन् । त्यसको एक दिनपछि स्वास्थ्य सचिव साजिद जाभिदले गृष्ममा दैनिक १ लाख जनासम्म संक्रमित हुने बताएका छन् ।

तर, यो ठिकै छ, उनले यो पनि भनेका छन् कि हामी सबैले भ्याक्सिन लगाइसकेका कारण भाइरससँगै बाँच्न सक्छौँ ।

बच्चा, गरिब र अन्य केही कमजोर समूहलाई छाड्ने हो भने यो राम्रो हो । यथार्थमा बेलायती जनसंख्याको आधा (३४ लाख) मात्र भ्याक्सिनबाट पूरै संरक्षित छन् । हो, अस्पताल भर्ना र मृत्युको संख्या माथि जाने छ । तर, सरकारले यो कुन मात्रामा भनेर भन्न सकेको छैन ।

नयाँ भेरिअन्ट देखापर्छ तर उही बहुराष्ट्रिय कम्पनीले नयाँ भ्याक्सिन नयाँपनका साथ निर्माण गर्न सक्छन् । ‘जी सेभेन’ का कुनै पनि देशले यसका लागि कोभ्याक्समा थप रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छैनन् ।

भ्याक्सिनकै सामना गर्ने भाइरसको क्षमताको बारे केही पनि अहिलेसम्म उल्लेख भएको छैन । गम्भीर बिरामी हुन र मर्नेको तुलनामा संक्रमण रोक्ने भ्याक्सिनको क्षमता पक्कै कम हुन्छ । मन्त्रीहरूको अगाडि त लङ कोभिडको कुरा गर्न नै वर्जित छ । जब कि सरकारी तथ्यांक्रले नै २० लाख जनाभन्दा धेरैमा १२ साताभन्दा बढी समय लक्षण रहेको छ ।

नयाँ अध्ययनले यो पनि देखाएको छ कि मान्छेको स्वाद र गन्ध थाहा दिने ब्रेनको कर्टेक्स नै पातलिने गरेको छ ।

सरकार त १६ वर्षसम्मका ८८ लाख बालबालिका संक्रमित भएकोलाई नै सही ठान्छ झैँ देखिएको छ । जोखिम कम हुने प्रस्ट भएपछि अमेरिका, युरोप र इजरायलले ७० लाखभन्दा बढी बालबालिकालाई भ्याक्सिन लगाइसकेका छन् । हाम्रो भ्याक्सिन कमिटी अझै यो कुरामा विचार गरिरहेको छ । जबकि इङ्लिस विद्यालयका कक्षा कोठामा मास्क आवश्यक मानिँदैन ।

अनि ग्लोबल भ्याक्सिन अभाव चाहिँ के हो ? गत महिना कार्नवालमा भएको ‘जी सेभेन’ को बैठकमा राष्ट्रपति जो बाइडेनले आफ्नै समकक्षीहरूलाई भ्याक्सिनका तरिकाबारे सबैलाई बताउन आग्रह गरे ता कि सबैले आफैँले उत्पादन गर्न सकून् । बेलायत, जर्मनी र क्यानडाले यसलाई नकारे । जब कि भ्याक्सिन निर्माणका लागि ९५ प्रतिशत रकम सामान्य व्यक्तिको गोजीबाट आउँछ । यस कारण दशौँ लाख व्यक्ति प्रत्येक महिना यही खुला बजार जोगाइदिनका लागि मरिरहेका छन् ।

यसको अर्थ यिनै कारणले भरिया, नर्स, चिकित्सक, केयर वर्कर, बस चालक र कारखानाका मजदुर संक्रमित भए र यीमध्ये कोही मरे पनि त्यसलाई वास्ता गर्नु हुँदैन ।

नयाँ भेरिअन्ट देखापर्छ तर उही बहुराष्ट्रिय कम्पनीले नयाँ भ्याक्सिन नयाँपनका साथ निर्माण गर्न सक्छन् । ‘जी सेभेन’ का कुनै पनि देशले यसका लागि कोभ्याक्समा थप रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छैनन् ।

अहिले भारतको निर्यात रोकिएको छ । नेपाल बङ्गलादेश र धेरै अफ्रिकी मुलुकमा भ्याक्सिन छैन भन्दा पनि हुन्छ ।

नौला स्वतन्त्रतावादीहरूको सामुदायिक स्वास्थ्य संरचनाको ‘लिभिङ विथ द भाइरस’ को मतलब मानिसले जे गर्न मन लाग्छ त्यही गर्न पाउने स्वतन्त्रतामा हामीले सम्झौता गर्न हुँदैन । यदि उनीहरूले भिड रेलमा बसेर खकार थुक्न चाहे पनि कुनै कानुनले रोक्नु हुँदैन ।

यसको अर्थ यिनै कारणले भरिया, नर्स, चिकित्सक, केयर वर्कर, बस चालक र कारखानाका मजदुर संक्रमित भए र यीमध्ये कोही मरे पनि त्यसलाई वास्ता गर्नु हुँदैन ।

यहाँ कोही पनि पारदर्शी देखिएका छैनन् । राजनीतिज्ञ आफूहरूले विज्ञानलाई अनुशरण गरेको बताउँछन् । सल्लाहकार मन्त्रीहरूले निर्णय गर्नुपर्ने बताउँछन् । केसहरू बढ्ने दिन अझ आउँदै छ, स्वास्थ्य संयन्त्रमा अनियन्त्रित भार पर्ने नै छ, अहिलेको भ्याक्सिनले दिएको संरक्षणमा नयाँ भेरिएन्टको चुनौती थपिने वास्तविकता त छँदै छ ।

मैले बुझेअनुसार, महामारी सकिएझैँ गरेर जन्मोत्सव र उत्सव मनाउन तथा पुरस्कृत हुनु हतारिनुभन्दा तेस्रो लहरसँग जुध्न योजना बनाउन आवश्यक छ । किनकि यो तयारीले नै हामीलाई बचाउनेछ ।

(एन्थोनी कोेस्टेलो युनिभर्सिटी कलेज लन्डनमा ग्लोबल हेल्थ र सस्टनेबल डेभलम्पेन्टको प्राध्यापक हुन् । द गार्डियनमा ७ जुलाइमा प्रकाशित लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)

 


भर्खर

0